बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङबेशी । धादिङको गङ्गाजमुना गाउँपालिका वडा नं. ५ स्थित फूलखर्कमा गङ्गाजमुना ग्रामीण आँखा केन्द्रको स्थापना गरिएको छ ।
गङ्गाजमुना गाउँपालिका र तिलगङ्गा आँखा प्रतिष्ठान नेपालको समन्वय र सहकार्यमा उक्त केन्द्रको स्थापना गरिएको हो ।
गङ्गाजमुना गाउँपालिका स्तरीय गङ्गाजमुना ग्रामीण आँखा केन्द्रको अध्यक्ष एवं गाउँपालिका अध्यक्ष भक्त बहादुर लामाको अध्यक्षता एवं जिल्ला समन्वय समिति धादिङको प्रमुख नवराज अधिकारी क्षेत्रीको प्रमुख आतिथ्यतामा केन्द्रको उद्घाटन भएको थियो ।
आँखा केन्द्रको स्थापनाले अब गाउँबासीहरूले आँखाको विभिन्न चेकजाँच, उपचार, औषधी वितरण तथा अप्टिकल सम्बन्धी सेवाहरू सोही केन्द्रबाट लिन पाउने भएका छन् ।
आँखा केन्द्रको स्थापनाले गंगाजमुना गाउँपालिका बासीहरुलाई आँखाको समस्याका लागी धादिङवेशी जानु पर्ने समस्या अन्त्य हुने भएको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |