नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
धादिङबेशी । माघ १० अर्थात भोली देखि हुने नवौं धादिङ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आज बेलुका सम्म सम्पूर्ण तयारी पुरा हुने मेला आयोजक समिति धादिङ उद्योग बाणिज्य संघले जानकारी दिएको छ ।
धादिङ गजुरी गाउँपालिकाको गलौँदी स्थित त्रिशुली किनारमा २१ गतेसम्म हुने महोत्सवको उद्धघाटन मुख्यमन्त्री जम्मकटेलले गर्नुहुने भएको छ । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नारा सहित सुरु हुने महोत्ससमा भोली गजुरी बजारबाट बाजागाजा सहित जातिय पहिचान भेषभूषा झल्कने गरी ¥याली निकालिने तयारी समेत गरिएको छ ।
स्थानिय उत्पादनलाई प्रोत्साहन गर्ने उदेश्यले आयोजना गरिएको महोत्वसमा २ सय ४० वटा स्टल रहनेछन् । महोत्सवको मुख्य आकर्षण पर्यटन कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास तथा साँस्कृतिक र पर्यटन क्षेत्रको प्रवर्द्वनमा टेवा पु¥याउने उदेश्य रहेको छ ।
नवौ धादिङ महोत्सवको आम्दानीबाट संघको संस्थागत विकाससँगै व्यवसायिक पुस्तकालय सहितको व्यवसायिक सुचना केन्द्र र सुविधा सम्पन्न सभाहल निर्माणको लक्ष्य लिएकोे छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |