धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,५ पुष
सिद्धलेक गाउँपालिकाले १४ जना सुत्केरीलाई प्रति व्यक्ति नगद ५ हजारका दरले पोषण भत्ता वितरण गरेको छ । सिद्धलेक गाउँपालिकाले सन्चालन गरेको उपाध्यक्षसँग सुत्केरी पोषण कार्यक्रम अन्तरगत १४ जना सुत्केरीहरुलाई बिहिबार पोषण भत्ता वितरण गरीएको हो ।
सिद्धलेकको नलाङ स्वास्थ्य चौकीमा एक कार्यक्रमका बिच १४ जना सुत्केरी आमा हरुलाई ५ हजारका दरले पोषण भत्ता वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख राम विनय शाहले जानकारी दिनुभयो ।

सुत्केरी आमा र बच्चालाई आवश्यक पर्ने पोषण आहारा खुवाउनका लागि सुत्केरी पोषण भत्ता उपलब्ध गराएको पालिका अध्यक्ष परशुराम खतिवडाले बताउनुभयो । बच्चा र आमाको स्वास्थ्यको लागि गाउँपालिकाले सहयोग गरेको बताउनुभयो ।
यसैगरी गाउँपालिकाका उपाध्यक्ष सविता अर्यालले पोषणको अभावमा सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्यमा समस्या नआओस् भनेर गाउँपालिकाले सुत्केरी आमालाई पोषण भत्ता दिने नीति ल्याएकोे बताउनुभयो ।

गाउँपालिकाको उपाध्यक्ष सविता अर्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख राम विनय शाह, वडा नं २ का वडा अध्यक्ष शम्भु गुरुङ, वडा नं ३ का अध्यक्ष देब बहादुर पुलामी लगायत सुत्केरी महिलाहरुको उपस्थिति रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |