बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङबेशी । धादिङ अस्पताल अव छिट्टै १०० शैयाको अस्पताल हुने बागमती प्रदेश मुख्यमन्त्रि शालिकराम जम्कट्टेलले बताउनु भएको छ ।
धादिङ अस्पताल धादिङको ४७ औँ वार्षिक उत्सवको समारोहलाई सम्बोधन गर्दै उहाँले धादिङ अस्पताललाई एक सय शैयाको अस्पताल बनाउने कार्यको प्रक्रिया अगाडी बढि सकेको बताउनु भयो ।
उहाँले हाल भईरहेको ५० शैयालाई थप गरेर एक सय शैयाको अस्पताल बनाउने प्रक्रियाको निर्णय यहि पौष ३ गते क्याबिनेटको बैठक बसेर गरिने समेत बताउनु भयो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले कुनै पनि बिरामीहरु पैसाको अभावमा वञ्चित हुन नहुने बताउनुभयो । मुख्यमन्त्री जनतासँग स्वास्थ्य कार्यक्रम लगाएत प्रदेश सरकारले अस्पतालबाट प्रदान गर्ने सेवा सुविधा सबै प्रदान गर्न अस्पताल प्रशासनसँग आग्रह गर्नुभयो । उहाँले धादिङ अस्पताल पनि प्रादेशिक अस्पताल भएको कारणले अस्पतालमा कार्यरतहरुको सेवा सुविधामा एकरुपता बनाउन अस्पतालन प्रशासनलाई आग्रह गर्नु भएको छ ।
कार्यक्रममा लामो समय काम गरेका कर्मचारीहरु, अस्पतालको सेवामा उत्कृष्ट काम गर्ने कर्मचारी, अस्पताललाई सहयोग गर्ने संघ सस्था लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा अस्पतालका नर्स तथा डाक्टरहरुले विभिन्न साङ्गीतिक प्रस्तुतिहरु प्रस्तुत गर्नुभएको थियो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |