ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
लायन राजाराम रिजाल सम्मानित
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन
धादिङ,२१ मंसिर ।
गजुरी गाउँपालिकाले चेपाङ छात्रा तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण गरेको छ ।
गाउँपालिकाको वडा नं १ मा रहेको किशोरी चेपाङ छात्रावासका २६ जना र आर्दश मा.विमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका ४ जना गरी ३० जनालाई ट्र्याक सुट वितरण गरेको हो । चिसोको समयमा विद्यार्थीहरुको पठनपाठनमा सहज होस् भन्ने उद्धेश्यले ट्रयाक सुट वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष शर्मिला विसुरालले बताउनुभयो ।

गाउँपालिकाको कार्यलयमा पालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ उपाध्यक्ष शर्मिला विशुराल, वडा नं १ का अध्यक्ष तारानाथ भण्डारीे र शिक्षकको उपस्थितिमा विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण गरिएको हो ।

त्यसैगरी
गाउँपालिकाले 3rd India Open International Taekwondo Championship 2023 मा सहभागी खेलाडि हरुलाई सम्मान गरेको छ । आज एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले नगद सहित सम्मान गर्नुभएको हो ।
उक्त प्रतियोगितामा गजुरी गाउँपालिकाका मन्जिल ढुङ्गाना द्धितिय र रितिक भुजेल तृतिय भएका थिए । अध्यक्ष श्रेष्ठले मन्जिललाई नगद ५ हजार र रितिकलाई नगद ३ हजार सहित सम्मान गर्नुभएको हो । गाउँपालिकाले खेलाडी सँगै तेक्वान्दो प्रशिक्षक धनबहादुर गुरुङलाई समेत सम्मान गरेको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |