नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
धादिङबेशी । ज्वालामूखी गाउँपालिकाले लैङ्गिक हिंसा बिरूद्दको १६ दिने अभियान अन्तर्गत सचेतना कार्यक्रम संचालन गरेको छ । गाउँपालिकाले “लैङ्गिक हिंसा र विभेदको अन्त्यमा पुरुषको भूमिका“ विषयकमा प्रत्येक वडामा कार्यक्रम संचालन गरेको हो ।
उक्त सचेतना कार्यक्रम बुधबार वडा नं ७ मा सम्पन्न भएको छ । गाउँपालिका उपाध्यक्ष धर्म बहादुर अर्यालको अध्यक्षता तथा वडा नं ७ का अध्यक्ष ज्ञानेन्द्र प्रसाद खकुरालको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा समाजमा लिङ्गका आधारमा गरिने भेदभाव, हिंसाका प्रकृति, यौन हिंसाको अवस्था, हिंसा हुने कारण लगायत हिंसा न्युनिकरणको विषयमा छलफल गरिएको थियो ।
जनप्रतिनिधी,सहकारीका महिला प्रतिनिधिहरु,आमा समुह, विभिन्न संघ संस्थाका प्रतिनिधीहरु तथा वडाका महिला तथा पुरुषको सहभागिता रहेको कार्यक्रममा ज्ञानु कडेलले सहजीकरण गर्नुभएको थियो ।
हालसम्म गाउँपालिकाको २, ३, ६ र ७ नं वडामा लैङ्गिक हिंसा बिरूद्दको १६ दिने अभियान अन्तर्गत सचेतना कार्यक्रम सम्पन्न भएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख देवकी सिंखडाले बताउनुभयो । त्यसैगरी मंसिर २४ गते लैङ्गिक हिंसा बिरूद्दको १६ दिने अभियान अन्तर्गत गाउँपालिका स्तरीय सचेतना कार्यक्रम आयोजना गरिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |