Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ५, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी

नीलकण्ठ एफ.एम १५०७ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर १९, मंगलबार (२ साल अघि)
समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी

काठमाडौँ, १९ मङ्सिर ।
प्रहरी प्रधान कार्यालयले समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी देखिएको बताएको छ । समाजमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि सञ्चालन भएको उक्त कार्यक्रमको पाँच वर्षको समीक्षा गर्दै प्रहरीले उद्देश्यअनुसार कार्यक्रम प्रभावकारी भएको निष्कर्ष निकालेको छ ।

विसं २०७५ कात्तिकबाट सुरु भएको उक्त कार्यक्रमको पाँच वर्षमा देशभर गरेर एक करोड नागरिकलाई सचेतना कार्यक्रममा सहभागी गराइएको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताउनुभयो ।

उहाँका अनुसार सो अवधिमा एक सय वटा शीर्षकमा देशभर एक लाख ८४ हजार पाँच सय ३५ वटा सामुदायिक कार्यक्रम सञ्चालन भएका र यसबाट कूल एक करोड दुई लाख ९८ हजार सात सय चारजना नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् ।

उक्त कार्यक्रमका माध्यमबाट सात सय ५३ वटा स्थानीय तहसँग साझेदारी निर्माण गरी कार्यान्वयन गर्न औपचारिक समझदारी भएको थियो । जसअनुसार वृहत् रूपमा सामुदायिक सुरक्षा संस्थागत गर्न जिल्ला, पालिका, वडा, टोल र विद्यालय तहसम्म कूल २३ हजार नौ सय ९२ साझेदारी समिति गठन भएका छन् ।

समुदाय–प्रहरी साझेदारी अवधारणा, २०७५ बमोजिम सामुदायिक सुरक्षा अभिवृद्धि गर्न स्थानीयस्तरमा नेपाल प्रहरी, स्थानीय तह, सरकारी निकाय विद्यमान सामुदायिक प्रहरी तथा सामुदायिक सेवा केन्द्र, विभिन्न क्षेत्रका गैर राजनीतिक सामुदायिक र सामाजिक सङ्घ संस्था, महिला, बालबालिका र युवासम्बन्धी सङ्घ संस्था, माध्यमिक तह कक्षा १२ सम्म का विद्यालय, शिक्षासँग सम्बन्धित सङ्घ संस्था र समाजका लब्धप्रतिष्ठित व्यक्तिको सहभागिता हुने गरी समिति गठन गरिएको थियो ।

लागुऔषधविरुद्ध जनचेतनामूलक करिब २० हजार कार्यक्रम भएका र त्यसबाट १० लाख ४३ हजारभन्दा बढी मानिसमा सचेतना पु¥याइएको छ । महिला हिंसा न्यूनीकरण सम्बन्धमा १३ हजार छ सयभन्दा बढी कार्यक्रमबाट छ लाख ८५ हजारभन्दा बढी नागरिक समक्ष सचेतना पु¥याइएको प्रहरीले जनाएको छ ।

विसं २०३९मा घरदैलो कार्यक्रमबाट सुरूवात भएको साझेदारी अवधारणा नेपाल प्रहरीले विभिन्न समयमा अख्तियार गरेका निर्देशिका, विधान र कार्ययोजना जस्ता सामुदायिक प्रहरी सेवा स्थापनाका आधार र निर्णयबाट समुदाय–प्रहरी साझेदारी कार्यक्रम २०७५ कात्तिक ११ गतेदेखि सुरूवात भएको हो ।

सामुदायिक सुरक्षा अभिवृद्धि गर्ने तथा स्थानीयस्तरमा हुने सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै नागरिक र प्रहरीबीचमा सम्बन्ध स्थापित गर्ने यस अवधारणाको उद्देश्य, आवश्यकता र औचित्य पुष्टी भएको प्रहरीले जनाएको छ । अवधारणाअन्तर्गत हाल पाँच सय २८ जना जनशक्ति कार्यरत छन् भने एक सय ८५ वटा सामुदायिक प्रहरी सेवा केन्द्र प्रत्यक्ष खटिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

  • समाचार
    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0