धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,१५ मंसिर
गल्छी गाउँपालिकाका उपाध्यक्ष भाईकाजी तिवारीको नेतृत्व र अन्य जनप्रतिनिधिहरुको सहभागितामा गल्छी गाउँपालिकामा ताला बन्दी गरीएको छ । मंसिर ६ गते हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत नेत्रमणी न्यौपाने हुँदाहुदै पनि मन्त्रालयले अर्को प्रमुख प्रशासकीय अधिकृत पठाएको भन्दै तालाबन्दी गरीएको हो ।
सामान्य प्रशासन मन्त्रालयले कर्मचारी पठाएको दुई हप्ता नबिप्दै अर्को प्रमुख प्रशासकीय अधिकृत पठाएको भन्दै गल्छी गाउँपालिकामा विवाद भएको हो । नयाँ प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विक आज हाजिर गर्न भन्दै गल्छी गाउँपालिकामा आउनु भएको थियो । प्रमुख प्रशासकीय अधिकृत हुँदाहुदै अर्को प्रमुख प्रशासकीयलाई हाजिर गर्न नदिने भन्दै तालाबन्दी गरीएको हो ।

गाउँपालिका अध्यक्ष समक्ष असन्तुष्ट पक्षहरुले छोटो समयमै के कारणले नयाँ प्रशासकीय प्रमुख गाउँपालिकामा ल्याईयो भन्ने विषयमा कारण माग्दै ताला लगाईएको गाउँपालिका उपाध्यक्ष भाईकाजी तिवारीले जानकारी दिनुभयो । कर्मचारी हुँदा हुदै किन अर्को कर्मचारी ल्याउन लागेको भन्ने प्रश्नमा गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले आफुले मात्र चाहेर ल्याउन नसकिने भन्दै मन्त्रालयलेनै पठाएको बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |