प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
गोरखा । सप्तकोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । मंसिर २ गते देखि एकाईगत रूपमा विभिन्न ६ स्थानमा भएको साधारण सभा आज सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष मेन बहादुर अधिकारीको अध्यक्षतामा भएको साधारण सभामा नेफस्कुनका महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यता तथा आरुघाट गाउँपालिकाका उपाध्यक्ष कल्पना नेपाली र जिल्ला सहकारी संघ गोर्खाका महासचिव सरोज देवकोटाको बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सस्थाका सचिव धुर्व कुमार दाहालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष ज्ञान प्रसाद श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । इकाइ भेलाको प्रतिनिधिहरूबाट पारित भएर आएको एजेण्डाहरुलाई सोमबार स्वीकृति गरी भेला सम्पन्न गरिएकोे छ । कार्यक्रममा संस्थाका पुर्व अध्यक्षहरु तीर्थ बहादुर नेपाली, दण्डपाणी खनाल, लगायत असल व्यवसायी र जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । साथै असल ऋणी, असल बचत कर्ता, उत्कृष्ट बचत समुह र कर्मचारीहरुलाई पुरस्कृत गरिएको छ ।
७ करोड ६९ लाख ११ हजार ४ सय शेयर पुजी रहेको संस्थाको कुल पुजी ६४ करोड ११ लाख ३१ हजार ३३६ रहेको छ भने १ करोड ५३ लाख ५९८ रुपैँया खुद नाफा रहेको छ । त्यसैगरी हालसम्म संस्थामा ६ हजार ९१ शेयर सदस्यहरु रहेका छन् ।








निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |