धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङ,११ मंसिर
भौतिक पुर्वाधार तर्फका योजनाहरु सबैभन्दा पहिला सम्पन्न गर्ने वडालाई गाउँपालिकाले थप ५ लाखको बजेट बिनियोजित गर्ने गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामाले बताउनु भएको छ ।गाउँपालिकाबाट बिनियोजित बजेटहरुको काम समयमै सम्पन्न गर्ने उदेश्य सहित यस्तो कार्यक्रमको घोषणा गरीएको अध्यक्ष लामाले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो ।
आर्थिक बर्ष २०८०/०८१ मा भौतिक पूर्वाधार तर्फका योजनाहरुको काम समयमै सक्नुपर्ने छ । यसैगरी वैशाख मसान्त सम्म पनि योजना तथा कार्यक्रम सम्पन्न नगर्ने वडालाई आगामी वर्षमा वडाले पाउने सिलिङ्गबाट ५ लाख बजेट कटौती गर्ने निर्णय पनि गरीएको अध्यक्ष लामाले बताउनुभयो । कार्यसम्पन्नको निश्चितताको लागि प्राविधिक कर्मचारी सहितको अनुगमन टोलीले ईस्टमेट बमोजिमको गुणस्तरीय कार्य सम्पन्न भए नभएको हेरेपछि मात्र उक्त रकम दिईनेछ ।
योजना तथा कार्यक्रमको गुणस्तरीयता सहित बजेटको सदुपयोग गरी समयमै कार्यसम्पन्न हुने र असारे बजेटको अन्त्य गर्ने गाउँपालिकाले लक्ष्य राखेको लामाले बताउनुभयो ।यसैबीच गाउँपालिकाले गत बर्षदेखीनै उपभोक्ता समितिलाई विकास निर्माण सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । गाउँपालिकाले उत्कृष्ट उपभोक्ता समितिलाई सम्मान गरेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |