प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
धादिङ,८ मंसिर ।
धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ७ घर भई हाल बेल्जियममा बस्दै आउनु भएका सीता दाहालले धार्मिक स्थल निर्माणमा सहयोग गर्दै आउनु भएको छ । धादिङ जिल्ला सहित देशका विभिन्न स्थानमा रहेको मठ मन्दिर निर्माणमा सिता दाहालले आर्थिक सहयोग गर्दै आउनु भएको छ ।आफ्नो देशको लागि केहि गरौँ भन्ने उदेश्यले धार्मिक क्षेत्रमा सहयोग गरेको सीता दाहालले बताउनु भएको छ ।

नेपाल धार्मिक भुमि भएको भन्दै परिवारको सुख,सम्मृद्धी र देशमा धार्मिक पर्यटकीय क्षेत्र होस भन्ने उदेश्यले धादिङ सहित देशका विभिन्न स्थानमा सहयोग गरीएको दाहालको भनाई छ । विगत ७ बर्षदेखी सीता दाहालले आफ्नो कमाईको आधा रकम धार्मिक स्थल निर्माणमा सहयोग गर्नुभएको हो ।७ बर्षको अबधिमा ३० लाख भन्दा बढी रकम धार्मिक स्थल निर्माणमा गरीसक्नु भएको छ ।

धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ७ स्थित गलनेमा जग्गा किनेर ईच्छेश्वर महादेवको मन्दिर निर्माण गर्नुभएको छ।शिव मन्दिर,१०८ शिव लिंग निर्माण,शौचालय,गेट गरी धार्मिक स्थल निर्माण गर्नुभएको छ ।साथै उहाँले ईच्छेश्वर महादेवको मन्दिरमा वर पिपलको चौतारा बनाई धार्मिक रुपमा बर पिपलको बिवाह गराउनु भएको छ । बर पिपल रोपेर धार्मिक रुपमा विवाह गराउदा धार्मिक फल प्राप्त हुने धार्मिक ग्रन्थहरुमा उल्लेख गरीएको छ ।

दाहालले बसेरीको महालक्ष्मी मन्दिर निर्माणमा १ लाख सहयोग गर्नुभएको छ ।दाहालले बसेरीमा मरणघाट निर्माणामा २ लाख,बसेरीकै भगवती मन्दिर निर्माणमामा १ लाख,गोरखाको आर्खेतमा राधाकृष्ण मन्दिर निर्माणमा ४ लाख,काठमाण्डौँको राधा कृष्ण मन्दिर निर्माणमा ५ लाख, सिमराको शिवको मन्दिरको गजुर खरिद गर्न १ लाख र भिमोदय माध्यमिक विद्यालय गोरखालाई नगद ३ लाख सहयोग गर्नुभएको छ । मरेर जाँदा केहि पनि लाने होईन भन्दै दाहालले बाचुञ्जेल आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।कमाएको केहि रकम सामाजिक कार्यमा खर्च गर्नेगरी छुट्टाएर राख्ने गरेको दाहालले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |