धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,६ मंसिर
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ फ्याक्सेमा आजदेखी सातदिने व्यवसाय सचेतना तालिम सुरु भएको छ ।नीलकण्ठ नगरपालिकाको आयोजनामा चालु आर्थिक बर्ष २०८०/०८१ मा कार्यान्वय हुने गरी स्वीकृत भएको मेयर उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत तालिम सुरु गरीएको हो । नीलकण्ठ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख चिनामायाँ श्रेष्ठ, मेयर भीम प्रसाद ढुंगानाका नीजि सचिव सरोज तिवारी,सामी कार्यक्रमका सामाजिक परिचालन अधिकृत सम्झना भण्डारी,वडा सचिव रोशन कोईराला लगायत वडा सदस्यहरुको आतिथ्यता रहेको थियो ।

नीलकण्ठ नगरपालिकाको १४ वटै वडामा प्रत्येक वडाका २५ जनाको सहभागिता रहने गरी तालिम सन्चालन गरिने प्रशिक्षक सम्झना भण्डारीले जानकारी दिनुभएको छ ।पहिलो चरणको सात दिने तालिम लिएर व्यवसाय सुरु गर्नेहरुलाई नीलकण्ठ नगरपालिकाले २ लाख देखी १५ लाख सम्म सहुलियत कर्जा उपलब्ध गराउने प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिनुभयो ।२ लाख सम्मको लागि बिना धितो र २ लाख भन्दा बढीको हकमा धितो राखेर कर्जा उपलब्ध गराईने सुवेदीले बताउनुभयो।

सात दिने तालिम लिएकाहरुले व्यवासाय सन्चालन गर्नको लागि लिएको कर्जाको व्याज २ बर्ष सम्म नीलकण्ठ नगरपालिकाले भुक्तानी गर्नेछ ।पुरुषको हकमा ५ प्रतिशत र महिलाको हकमा ६ प्रतिशत व्याज नगरपालिकाले तिर्ने गरी बैंक सँग सम्झौता गरीएको छ । आजदेखी सुरु भएको तालिम १२ गते सम्म सन्चालन हुनेछ ।सात दिन सम्म विज्ञ व्यक्तीहरुबाट सहजिकरण गरिने नीलकण्ठ नगरपालिकाले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |