बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत
धादिङ,०५ मंसिर ।
गंगाजमुना गाउँपालिकाले मंसिर ६ र ७ गते सार्वजनिक बिदा दिएको छ । गङ्गाजमुना माई स्थान तथा प्रसिद्ध झरनामा लाग्ने हरिबोधिनी एकादशी व्रत मेला, २०८० को अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको उपाध्यक्ष तथा मेला आयोजक समितिका संयोजक रामेश्वर सिंखडाले जानकारी दिनुभयो ।
मंगलबार गाउँपालिकाले सुचना जारी गर्दै गाउँपालिका र सो अन्तर्गत रहेका शिक्षण संस्था र आकस्मिक सेवा (स्वास्थ्य संस्था) बाहेक सम्पूर्ण वडा कार्यालयहरूलाई गाउँपालिका स्तरीय सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।
गंगाजमुना गाउँपालिकाको नामाकरण भएको गंगाजमुना माई स्थान तथा प्रसिद्ध झरनामा आदिम कालदेखि मेला लाग्दै आएको छ । हरेक वर्ष कार्तिक शुक्ल दशमीको दिन लाग्ने उक्त मेलामा हजारौ भकतजनहरु रातभर जाग्रम बसी नाचगान गरी भोलीपल्ट नुहाएर फर्कने गर्दछन् ।
मेला कै अवसरमा ६ गते हुने बृहत सांकृतिक कार्यक्रम मुख्यमन्त्री जम्कट्टेलले उद्घघाटन गर्ने कार्यक्रम तय भएको जनाईएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |