धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,२३ कार्तिक ।
श्री शिखरिणी कृषि तथा पर्यटन सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारण सभा बिहिबार धादिङबेसीमा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष कल्पना अधिकारीको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा जिल्ला बचत संघका अध्यक्ष नवराज शर्माको प्रमुख आतिथ्यता रहेको थियो । राष्ट्रिय भुमी आयोगका जिल्ला सदस्य कविता ईटनीको विशेष आतिथ्यमा सम्पन्न भएको साधारण सभामा सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

साधारण सभाले पुनः कल्पना अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । जसको बरिष्ठ उपाध्यक्षमा निर्मला गुरुङ,उपाध्यक्षमा मिना श्रेष्ठ,महासचिवमा अनिता अधिकारी,कोषाध्यक्ष रिना श्रेष्ठ निर्वाचित हुनुभएको छ ।सदस्यहरुमा बिमला अर्याल,जमुना भण्डारी,रिनु तामाङ,टिकादेवी थापा र अनिस श्रेष्ठ निर्वाचित हुनुभएको छ ।वि.स.२०६६ साल चैत्र २२ गते २६ जना सदस्यबाट सुरुवात गरेको संस्थाको कुल सदस्य हाल ७ सय १० जना रहेको संस्थाका अध्यक्ष कल्पना अधिकारीले जानकारी दिनुभयो । कृषि तथा पर्यटनको विकास गर्ने उदेश्यले स्थापना गरीएको संस्थाको कुल पुँजी २ करोड ५७ लाख ८७ हजार ६ सय ७८ रहेको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष्य कल्पना अधिकारीले छलफलको प्रस्तावहरु पेश गर्नुभएको थियो । साथै कार्यक्रममा महासचिव अनिता अधिकारीले प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष रिना श्रेष्ठले आर्थिक बर्ष २०७९/८० को आर्थिक आय व्यय प्रस्तुत गर्नुभएको थियो ।संचालक समितिको प्रस्ताव उपर छलफल गरि साधारण सभाले सर्वसम्मत पारित गरेको छ । साधारण सभाले तारा कार्कीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति गठन गरीएको छ । जसको सदस्यहरुमा विमला ढकाल र सुनिता श्रेष्ठ रहनुभएको छ । साधारण सभाले दुर्गा अधिकारीको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति गठन गरीएको छ । जसको सदस्यहरुमा शुसिला घिमिरे र दिपा लम्साल चयन हुनुभएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |