धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,२३ कार्तिक ।
धादिङमा बेलुकी ९ बजेसम्म मात्रै देउसी, भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार सूचना जारी गर्दै आफूले खुसियाली मनाउँदा अन्य व्यक्ति, टोल, छिमेक, समुदाय र सार्वजनिक जीवनमा असर नपर्ने गरी मनाउन पनि अपिल गरेको छ । धादिङमा बेलुकी ९ बजेसम्ममात्रै खेल्न पाइने छ ।
त्यस्ता कार्यक्रममा असभ्य, अमर्यादित, उछृङ्खल तथा सामाजिक सद्भाव खलबल्याउने किसिमका प्रस्तुती गर्न पाइनेछैन ।मंदिरा तथा मदिराजन्य पदार्थको बिक्रि वितरण बेलुकी ९ बजेसम्म मात्र प्रचलित कानून अनुसार अनुमति प्राप्त व्यवसायीले मात्रै गर्नुपर्ने समेत उल्लेख गरेको छ ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेद्वारा जारी सूचनामा शान्ति सुरक्षा कायम गर्दै संस्कृति जगेर्ना गर्न पनि अनुरोध गरिएको छ । पटका आतिसबाजीजस्ता विस्फोटक तथा अति प्रज्वलनशील पदार्थको आयात, बिक्री वितरण, ओसारपसार गरे कडा कारबाही गरिने सूचनामा उल्लेख छ । जुवा–तासजस्ता कानुनद्वारा निषेधित कार्य नगर्न÷नगराउन अपिल गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडाइ पारेको पनि जनाइएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |