प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,२२ कार्तिक
तिलगंगा सर्जिकल आँखा केन्द्र धादिङको सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ । बुधबार आँखा केन्द्र धादिङका व्यवस्थापन समिति अध्यक्ष नवराज अधिकारीको अध्यक्षतामा सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा केन्द्रको स्थापनाकाल देखि वर्तमान अवस्था, सेवा प्रवाह लगायतका विषयमा आँखा केन्द्र धादिङका प्रमुख रामसंहि तामाङले जानकारी गराउनु भएको थियो ।
केन्द्रले स्थापनादेखि अहिलेसम्म २२ वर्षको अवधिमा २ लाख भन्दा बढी आँखाका बिरामीलाई उपचार सेवा प्रदान गरेको छ । साथै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, शिक्षक, विद्यालयका नर्सहरु लगायतलाई प्राथमिक आँखा उपचार तालिम समेत प्रदान गरेको छ ।
नेपालको जम्मा जनसंख्या मध्ये १० प्रतिशत नागरिकले चस्मा लाउनु पर्ने तथ्याङकले देखाएको र ३५ वर्ष भन्दा माथिका ६० प्रतिशत मानिसलाई आँखाको समस्या हुने गरेको तामाङले बताउनुभयो । तामाङका अनुसार केन्द्रले हालसम्म धादिङको ६ वटा स्थानीय तहमा आँखा केन्द्र स्थापना गरि सेवा प्रवाह गरिरहेको छ ।
नेपाल सरकारले आर्थिक अवस्था कमजोर भएका नागरिकहरूलाइ निशुल्क सेवा प्रदान गर्दै आएको र आँखाको सेवालाई प्रभावकारी बनाउनको लागि स्वास्थ्य विमामा समेत समेट्न पर्ने तामाङको भनाई छ ।कार्यक्रममा सहभागि सेवाग्राहि तथा स्वास्थ्य स्वयंसेविका सावित्रा कोईरालाले आँखा केन्द्र धादिङबाट सामान्य नागरीकले पनि सहज रुपमा सेवा लिन पाउने वातावरण देख्दा खुसि लागेको बताउनुभयो ।
नेपाल सरकारले जेष्ठ नागरीकका लागि दिने निशुल्क सेवामा आँखा सेवा नपरेकाले सम्बन्धित निकायसँग समन्वय गरेर जेष्ठ नागरिकहरूलाइ निशुल्क सेवा दिनुपर्ने जेष्ठ नागरिकहरुको भनाइ छ ।आँखा केन्द्र धादिङले धादिङका विभिन्न स्थानमा निःशुल्क आखा शिविर सञ्चालन गरी जटिल प्रकृतिको उपचार, मोतिबिन्दु, आँखामा मासु पलाउने रोगका बिरामीको शल्यक्रियाद्वारा उपचार सेवा दिदैं आईरहेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |