धादिङ,२१ कार्तिक
धादिङको खनियावास गाउँपालिकाले भुकम्प प्रभावितहरुको लागि आर्थिक सहयोग गर्ने भएको छ।शुक्रबार राती जाजरकोट केन्द्र विन्दु बनाएर गएको भुकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका प्रभावितहरुको लागि आर्थिक सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङले बताउनु भएको छ।खनियावास गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा हुने गरि रकम जम्मा गर्ने भएको हो।
खनियावास गाउँपालिकाका जनप्रतिनिधिहरुको १० दिन बराबरको सेवा सुबिधा,अधिकृतस्तर कर्मचारी र मा.वि.शिक्षकको ५दिन बराबरको पारिश्रमिक र सहायकस्तर तथा श्रेणी बिहिन कर्मचारी र अन्य शिक्षकहरुको ३ दिन बराबरको पारिश्रमिक राहत स्वरूप आर्थिक सहयोग उपलब्ध गराउने भएको हो।
गाउँपालिकाले भूकम्पका कारण मृत्यु भएका नागरिक प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ।शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ भने १६५ जना घाईते भएका छन्।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |