प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
बाजुरा, १९ कात्तिक
धनगढीबाट बाजुरा आउँदै गरेको जीप डोटीको शिखर नगरपालिका–६ स्थित केआइसिंह राजमार्गको अण्यौलमा आज विहान दुर्घटना हुँदा बाजुराका चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
ग२च २७७६ नम्बरको जीप अनियन्त्रियत भई सडकबाट करिब ६० मिटर तल खस्दा चार जनाको मृृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृत्यु हुनेमा हिमाली गाउँपालिका–५ का २२ वर्षीया राधिका मलाल, उनकी अन्दाजी आठ महिनाकी छोरी प्राथना, ३२ वर्षीया धनशोभा बुढा र छ वर्षीय कविन्द्र बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । घाइते हुनेमा हिमाली–५ का ३० वर्षीय प्रकाश बुढथापा, २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा, २१ वर्षीय विमलाल मलाल र २१ वर्षीय राजबहादुर मलाल रहेको छन् ।घाइतेको दियायलको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |