प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,१९ कार्तिक
नगरपालिका संघका केन्द्रिय अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगाना भुकम्प प्रभावितहरुलाई सहयोग गर्न जाजरकोट जानुभएको छ । नीलकण्ठ नगरपालिका र नगरबासीको तर्फबाट नगद रु ५ लाख सहयोग गर्नको लागि ढुंगाना सहितका नेताहरु जाजरकोट जानुभएको हो ।
नगर प्रमुख भीम प्रसाद ढुंगाना सहित नेपाली काँग्रेसका पुर्व सभापति तथा समाजसेवी रमेश धमला,नगरपालिका संघका सल्लाहकार तथा बरिष्ठ पत्रकार सरोज अधिकारी र नीलकण्ठ नगरपालिकाका सल्लाहकार तथा युवा नेता दिपक कोईराला जाजरकोट जानुभएको हो । दुखमा परेका जाजरकोटका नागरिकहरुलाई केहि सहयोग गर्न आफुहरु जाजरकोट गएको नगर प्रमुख भीम प्रसाद ढुंगानाले बताउनु भएको छ ।
नगरबासी र नगरपालिकाको तर्फबाट पाँच लाख सहयोग गर्नको लागि आफुहरु जाजरकोट गएको बताउनुभयो । आजै जाजरकोट पुगेर जाजरकोटका प्रमुख जिल्ला अधिकारीलाई भेटर सहयोग गरिनेछ । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छने १६५ जना घाईते भएका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |