धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
धादिङ, १२ कात्तिक
श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाल बचतकर्ताहरूलाई स्टेशनरी वितरण गरेको छ । साकोसको २७ औ स्थापना दिवसको अवसर पारेर संस्थाको मुख्य कार्यालय धादिङबेशी, कैलाश सदस्य सेवा केन्द्र गल्छि र सल्यानटार सदस्य सेवा केन्द्रबाट बाल बचतकर्ताहरूलाई स्टेशनरी वितरण गरेको हो ।
आईतबार एक कार्यक्रमका बिच संस्थाका अध्यक्ष रुद्र बहादुर खत्रीले सम्पुर्ण सदस्यहरुमा संस्थाको तर्फबाट स्थापना दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले संस्थाको तेस्रो रणनीतिक योजना अनुसारको लक्ष्य प्राप्तिमा संचालक समिति प्रतिबद्ध रहेका भन्दै उक्त लक्ष्य प्राप्तिमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।
श्रोत परिचालन साकोसले आजदेखि कात्तिक १७ गतेसम्म (शनिबार समेत वितरण कार्य तथा कार्यालय संचालन हुने ) बाल बचतकर्ताहरुलाई स्टेशनरी सामग्री वितरण गर्ने जनाएको छ ।
बाल बचतकर्ता स्वयम् वा सम्बन्धित अविभावक बालबचतको पासवुक सहित आएर स्टेशनरी सामग्री संस्थाको मुख्य कार्यालय धादिङबेशी, कैलाश सदस्य सेवा केन्द्र गल्छि र सल्यानटार सदस्य सेवा केन्द्रबाट स्टेस्नरी लिनको लागि सम्पूर्ण बाल बचतकर्ता एवं अविभावक सदस्यहरुलाई साकोसले अनुरोध गरेकोे छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |