प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,३० असोज
धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालय भवन सोमबार उद्घाटन गरिएको छ । सामेबार एक कार्यक्रमका बिच नेपाली काँग्रेसका नेता तथा पुर्व कानुन राज्यमन्त्री दिलमान पाख्रीनले उद्घाटन गर्नुभएको हो ।भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि पाख्रीनले मध्य पहाडी लोक मार्गको काम ढिला सुस्ती भईरहेको बताउनुभयो । मध्यपहाडी लोकमार्ग र दामन पाख्रीन मार्गको कामलाई समयमै सम्पन्न गर्नको लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो ।
आफुले पनि सम्बन्धीत निकायमा गएर खबरदारी गरीरहेको पनि स्पष्ट पार्नुभयो । उहाँले नेत्रावती डबजोङ गाउँपालिकाको विकासलाई फरक ढङ्गले मिलेर लैजान आग्रह गदै आफुले पनि सक्दो सहयोग गर्ने बताउनुभएको छ । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य गोबिन्द लम्सालले आवश्यकताको आधारमा आफुले विकास निर्माणको कामलाई ध्यान दिएको भन्दै नेत्रावतीको विकासको लागि आफु सक्रिय भएर लाग्ने पनि बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगरपालिका संघका केन्द्रिय अध्यक्ष तथा नीलकण्ठ नगरपालिका प्रमुख भीम प्रसाद ढुंगानाले हिजोका दिनमा इतिहास रचेको ठाउँलाई आफु सहयोग गर्न तयार रहेको बताउनुभएको छ।
त्यस्तै गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले गाउँपालिकामा विकास निमार्ण, शिक्षा लगायत अन्य क्षेत्रमा लगानी बढाएर काम गरिरहको बताउनुभयो । त्यसैगरी गाउँपालिका उपाध्यक्ष सिता माया गुरुङले सुखी नेत्रावती र समृद्ध नेत्रावती बनाउनको लागि सबै जना एक भएर लाग्नुपर्ने बताउनुभएको छ । उहाँले वडा कार्यालयबाट प्रभावकारी रुपमा सेवा प्रवाह गर्नको लागि पनि आग्रह गर्नुभएको छ । कार्यक्रममा खनियाबास गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङ, प्रमुख प्रशासकीय अधिकृत, वडा सदस्यहरु र अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |