धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ, ३० असोज ।
धादिङका तीन जना कृषक पुरस्कृत भएका छन् । जिल्ला स्तरीय रास्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट धादिङको धुनिबेसी नगरपालिका–९ का मौरी पालक कृषक रामराजा पाण्डे, फुल खेती गर्ने कृषक पेमा डोल्मा, नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का भैंसी पालक कृषक विनोद कुमार श्रेष्ठ पुरस्कृत भएका हुन् ।
कृषि ज्ञान केन्द्र धादिङले उत्कृष्ट छनोट भएका तीन जना कृषकलाई ४३ औं खाद्य दिवसको अवसरमा जनही १२ हजार पाँच सय नगद र प्रमाण पत्र सहित पुरस्कृत गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले कृषि क्षेत्रमा धेरै समस्या भएको हुनाले स्थानिय तहले विशेष ध्यान दिनुपर्ने बताउनु भयो । त्यस्तै कृषिमा नयाँ नयाँ कार्यक्रमहरु सञ्चालन गरेर कृषि पेसामा आम नागरिकहरुलाई प्रोत्साहन गर्नु आजको आवश्यकता रहेको अधिकारीले बताउनु भयो ।
त्यसैगरी प्रमुख जिल्ला अधिकरी बद्रीनाथ गैह्रेले कृषि पेसालाई सरकारले विशेष ध्यान दिएर बजेट छुटाउनु पर्ने बताउनुभयो । अबको किसानहरुले कृषि पेसालाई व्यवसाई मुखी बनाएर लैजानु पर्ने उहाँले बताउनु भयो । कृषि पेसामा आत्मर्निभर हुनको लागि आधुनिक उपकरणहरुको प्रयोगमा जोड दिनुपर्ने प्रमुख जिल्ला अधिकरी गैह्रेको भनाइ छ ।
कृषि ज्ञान केन्द्र धादिङका प्रमुख निर्मला गुरुङको सभापतित्वमा सम्पन्न्न कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्य तथा प्रमुख जिल्ला अधिकरी बद्रीनाथ गैह्रेको विषेश आतिथ्य रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |