Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १३, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

शिक्षक र स्थानिय सरकार बिच नङ्ग र मासुको जस्तो सम्बन्ध हुनुपर्छ :  मेयर ढुंगाना

७५२ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन २८, आईतबार (२ साल अघि)
शिक्षक र स्थानिय सरकार बिच नङ्ग र मासुको जस्तो सम्बन्ध हुनुपर्छ :  मेयर ढुंगाना

धादिङ,२८ असोज
शिक्षक र स्थानिय सरकार बिच नङ्ग र मासुको जस्तो सम्बन्ध हुनुपर्ने नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले बताउनु भएको छ । शिक्षकहरुको माग प्रति आफ्नो पुर्ण सहयोग रहने भन्दै ढुंगानाले स्थानिय सरकार मातहत बस्दिन भन्ने कुरा चाहि संविधान विपरित रहेको स्पष्ट पार्नुभएको छ । शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको ११ औँ वार्षिक साधारण सभालाई सम्धोन गर्नुहुदै आज ढुंगानाले सो कुरा बताउनु भएको हो ।

शिक्षकहरुको सेवा,सुविधाहरु बढाउनुपर्ने कुरा आफुले प्रधानमन्त्री तथा मन्त्रीहरुको भेटघाटमा उठाएको भन्दै उहाँले अनुदानका शिक्षकहरुको विषयमा भने कुनै पनि संघ संगठनले मुद्दा नउठाएको प्रति गुनासो गर्नुभयो । स्थानिय सरकार र शिक्षकहरु बिच सहकार्य भए मात्रै शिक्षाको गुणस्तर बढ्ने भन्दै उहाँले संविधान संशोधन गरेर भएपनि शिक्षकहरुमो माग सम्बोधन हुने कुरा सम्भव नभएको बताउनु भएको छ । नीलकण्ठ नगरपालिकाले शिक्षा क्षेत्रमा सबैभन्दा बढी बजेट बिनियोजन गरेको भन्दै शिक्षाको गुणस्तर बढाउनको लागि शिक्षकलाई अनुदानमा ल्यापटप,विद्यालयहरुलाई स्मार्ट टिभी वितरण गरेको स्पष्ट पार्नुभयो ।

शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपक सिंखडाको अध्यक्षता र नगर प्रमुख भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यतामा संस्थाको बार्षिक साधरण सभा सम्पन्न भएको हो । साधारण सभा कार्यक्रममा संस्थाका अध्यक्ष दिपक सिंखडाले सहकारीको गतिविधिहरुको विषयमा जानकारी गराउनुभएको थियो ।

त्यसैगरी संस्थाका सचिव जनार्दन नेपालले प्रगति प्रविदेन तथा कोषाध्यक्ष सावित्रा पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहकारीको वार्षिक साधारण सभाको अवसरमा संस्थापक शेयर सदस्यहरु चिरन्जीवी अधिकारी, पुरुषोत्तम रेग्मी, जंग बहादुर तामाङ, अम्बिका सिटौला र रामकृष्ण मानन्धरलाइ सम्मान गरिएको थियो ।

त्यसैगरी सहकारीमा सबै भन्दा बढी शेयर खरिद गर्ने, उच्च बचतकर्ता, असल शेयर सदस्य र १० जना भन्दा बढी सदस्य बनाउने शेयर सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।धादिङ जिल्ला भर कार्यक्षेत्र रहेको शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको कुल चुक्ता शेयर पुजी १९ लाख ५५ हजार ५०० रहेको छ भने कुल बचत संकलन १ करोड ४ लाख १९ हजार ७४४ रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

  • इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

    इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

  • परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

    धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

  • समाचार
    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

    इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

    धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0