धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,२८ असोज ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ मा निर्माण सम्पन्न भएको पाख्रीखोला लिफ्टिङ खानेपानीको आज उद्घाटन गरीएको छ ।नीलकण्ठ नगरपालिका र सर्भिस फर पिसको साझेदारीमा निर्माण सम्पन्न भएको खानेपानीको प्रदेश सांसद गोविन्द लम्साल र नगरपालिका संघका केन्द्रिय अध्यक्ष तथा नगर प्रमुख भीम प्रसाद ढुंगानाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

नीलकण्ठ नगरपालिकाको ७७ लाख,२ लाख श्रमदान र सर्भिस फर पिसको ८६ लाख गरी जम्मा १ करोड ६५ लाखकोे लागतमा निर्माण सम्पन्न भएको हो । तिर्खा मुक्क्त नगरपालिका बनाउने लक्ष्यको साथ नगरपालिकाले ठुलो खानेपानी आयोजनाको कामलाई प्राथमिकता दिएको नगर प्रमुख भीम प्रसाद ढुंगानाले बताउनु भएको छ । नगरपालिका भित्रका कृषि,खानेपानी,शिक्षा,स्वास्थ्य लगायतको क्षेत्रमा दातृ निकायसँगको साझेदारीमा नगरमा काम भईरहेको बताउनु भएको छ ।

खानेपानी लिफ्टिङ गर्दाको विद्युतको महशुलको ७० प्रतिशत नगपालिकाले भुक्तानी गरिदिने पनि ढुंगानाले बताउनु भएको छ । आफु पदमा रहेपनी वा नरहेपनी देश र जनताको लागि सेवा गरीरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सर्भिस फर पिसका महासचिव जिन्तु नकर्मी९खनालं०को अध्यक्षता,प्रदेश सांसद गोविन्द लम्सालको प्रमुख आतिथ्यता तथा नरपालिका संघका अध्यक्ष तथा नगर प्रमुख भीम प्रसाद ढुंगानाको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पत्रकार तथा नगरपालिका संघका सल्लाहकार सरोज अधिकारी,नीलकण्ठ नगरपालिकाका सल्लाहकार दिपक कोईराला,पुर्व वडा अध्यक्ष तथा नेपाली काँग्रेसका वडा सभापति भोज बहादुर रेग्मी लगायतको आतिथ्यता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |