धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ्ग,२७ असोज
नेकपा एमाले धादिङ्ग– पोखरा सम्पर्क मञ्चको आयोजनामा पोखरामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । हिन्दु नेपालीहरुको महान पर्व बडा दशैँ,दिपावली,नेपाल सम्वत लगायत चाडपर्वको अवसरमा आज पोखरामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो । धादिङ्ग– पोखरा सम्पर्क मञ्चको अध्यक्ष गोकर्ण अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले कास्की जिल्ला कमिटीका सचिव बैन बहादुर क्षेत्री अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघ नेपालका केन्द्रिय सदस्य एवंम पोखरा चेम्बर अफ कर्मस कास्कीका अध्यक्ष यमनाथ पौडेलको विशेष आतिथ्यता रहेको कार्यक्रममा, धादिङ्ग– पोखरा सम्पर्क मञ्चका पदाधिकारी तथा धादिङ्गबाट पोखरा गई विभिन्न पेशा तथा व्यावसाय गरेर बस्नुभएका धादिङ्गेलीहरुको सहभागिता रहेको थियो ।

मञ्चका सचिव राम प्रसाद ढुवाडीले सन्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष योग प्रसाद सापकोटाले राख्नुभएको थियो । कार्यक्रममा धादिङ्ग– पोखरा सम्पर्क मञ्चका पुर्व अध्यक्ष शेर बहादुर अधिकारी,सल्लाहकार नवराज दुवाडी,सरोज सिंह कुवंले शुभकामना मन्तव्य राख्नुभएको थियो । नेकपा एमाले धादिङ्ग– पोखरा सम्पर्क मञ्चले विभिन्न सामाजिक कार्य समेत सन्चालन गर्दै आईरहेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |