नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
धादिङ । गंगाजमुना गाउँपालिकामा शिक्षक सम्मेलन तथा प्रोत्साहन कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको शिक्षा, युवा, तथा खेलकुद शाखाको आयोजनामा बिहिबार बिद्यालयका असल अभ्यासका सिकाई आदान प्रदानका साथै बिभिन्न बिधामा ५२ जना शिक्षकहरुलाई सम्मान गर्दै सम्मेलन सम्पन्न गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि समेत रहनु भएका संघीय सांसद रामनाथ अधिकारीले विद्यार्थीहरुको भविष्य शिक्षकहरुको हातमा भएको बताउनु भएको छ । शिक्षकहरुकै कारणले विद्यार्थीहरु कस्तो हुने भन्ने कुराको निर्भर हुने भन्दै उहाँले असल भएर शिक्षण पेसा गर्न समेत आग्रह गर्नुभएको छ । शिक्षकहरुले पछिल्लो समय गरेको आन्दोलन प्रति इंकित गर्दै अधिकारीले त्यसको लागि आफुले पैरवी गर्ने समेत आश्वासन दिनुभएको छ । उहाँले संघीय शिक्षा ऐनमा भएका बुँदाहरुमाथि आफुहरु शिक्षकहरुको सुझावलाई लिएर माग सम्बोधन गर्न तर्फ अग्रसर हुने समेत प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
बाईट रामनाथ अधिकारी
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका विशेष अतिथी तथा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले ज्ञान सिप धारणाको विकाससँगै प्रविधिमैत्री शिक्षा र व्यवहारीक शिक्षामा जोड दिदै शिक्षाले मानिसको व्यवहारमा परिवर्तन ल्याउनुपर्ने बताउनु भएको छ ।
बाईट नवराज अधिकारी
गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामाले शैक्षिक क्षेत्रमा राज्यले निर्देशित गरेको सिद्धान्तहरु भन्दा हाम्रो गुणस्तरलाई कसरी माथि उकास्ने र समृद्ध गंगाजमुना गाउँपालिका बनाउनको लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनु भएको छ । कार्यक्रममा उपस्थित भई सुझाव दिनुहुने शिक्षकहरुलाई धन्यावाद प्रकट गर्दै उहाँले शिक्षकहरुले आस्था बिचार जता राखे पनि शैक्षिक गुणस्तर कमि ल्याउन नहुने कुरामा जोड दिनु भएको थियो ।
बाईट भक्त बहादुर लामा
गाउँपालिका अध्यक्ष भक्त बहादुर लामाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संघीय सांसद रामनाथ अधिकारीको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको बिशेष आतिथ्यतामा रहेको थियो ।
सम्मेलनले गंगाजमुना गाउँपालिकामा शैक्षिक बिकासका लागी थालिएको असल अभ्यास,प्रयास र शैक्षिक गतिबिधिहरुको जानकारी हुनुको साथै शैक्षिक क्षेत्रमा आफुहरु कमीकमजोरी पत्ता लगाई शैक्षिक गुणस्तर अभिवृद्धि गर्न टेवा पुगेको उपस्थित शिक्षकहरुले बताएका छन् ।































निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |