प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,२१ असोज
धादिङको बेनीघाट रोराङ गाउँपालिकाले जेष्ठ नागरीक सम्मान तथा घर दैलौ स्वास्थ्य परिक्षण कार्यक्रम संचालन गरेको छ । गाउँपालिकाले ८४ वर्ष भन्दा माथि उमेरका ज्येष्ठ नागरिकहरुलाई घर–घरमा पुगेर सेवा दिने गरी कार्यक्रम सुरु गरेको हो । गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाले गाउँपालिका भित्रका १० वटै वडामा गएर जेष्ठ नागरीहरुलाई सम्मान गरिएको शाखा प्रमुख पुजा खनालले बताउनुभयो । नजिकिदै गरेको दशैलाई मध्यनजर गर्दै ८४ वर्ष भन्दा माथिका बृद्धहरुलाई दौरा सुरुवाल र बृद्धाहरुलाई गुन्यु चोलो दिएर सम्मान गरिएको खनालले बताउनुभयो ।

त्यसैगरी हिड्न नसक्ने, स्वास्थ्य संस्था सम्म पुग्न नसक्ने जेष्ठ नागरीक तथा असक्तहरुको लागि घरमै गएर स्वास्थ्य परिक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख ब्रजेश तामाङले बताउनुभयो । स्वास्थ्य परिक्षणका क्रममा प्रेसर, सुगर परिक्षण तथा नसर्ने रोगहरुको पहिचान गरी आवश्यक औषधि तथा परामर्श सेवा प्रदान गरिएको तामाङले बताउनुभयो । घरमै पुगेर स्वास्थयकर्मीले स्वास्थ्य परिक्षण गर्न थालेपछि जेष्ठ नागरिक खुसी छन् ।

३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सुरुवात गरिएको जेष्ठ नागरीक सम्मान तथा स्वास्थ्य परिक्षण कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलियाले (बिबेक)ले बताउनुभयो । गाउँमा गएर जेष्ठ नागरिकहरुलाई सम्मानको साथै स्वास्थ्य परिक्षण गर्दा जेष्ठ नागरिकहरु खुसि हुनु भएको गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले जानकारी दिनुभयो । स्थानिय सरकारको प्रत्याभुती गर्ने गरी आफुहरुले काम गरीरहेको भन्दै श्रेष्ठले पालिका भित्रका जेष्ठ नागरिकहरुको समस्यामा पालिकाले काम गर्ने समेत बताउनु भएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |