धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
धादिङबेशी । जनसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बिष्णु प्रसाद रिजालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन धादिङका अध्यक्ष कृष्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा धादिङ अस्पताल बिकास समितिका अध्यक्ष राजाराम रिजाल, राष्ट्रिय कर्मचारी संगठनका केन्द्रिय प्रतिनिधि निर्मला केसीको बिशेष आतिथ्यता रहेको थियो ।
साधारण सभामा संस्थाका सचिव बालकृष्ण गुरुङले प्रस्तुत गर्नु भएको साङ्गठनिक प्रतिवेदन तथा कोषाध्यक्ष राजेश बराईलीले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन सर्वसहमत पास गरिएको छ ।
जनसेवक कर्मचारीहरुको छरिएर रहेका स–साना पुँजीलाई संकलित गरि आयआर्जन बढाउने उदेश्यले स्थापित सहकारीले आ.व.२०७९/८० मा ७४ हजार ४ सय ९२ नाफा कमाउन सफल भएको छ । धादिङ जिल्ला भर कार्यक्षेत्र रहेको जनसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हाल संस्थाका शेयर सदस्यहरुलाई १२ प्रतिशतमा ऋण लगानी र ७ प्रतिशत बचतमा ब्याज दिँदै आएको छ ।







निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |