सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै स्थानिय तहमा कार्यरत कर्मचारीहरु आन्दोलित भएका छन् । शुक्रबार नीलकण्ठ नगरपालिका कर्मचारी संघर्ष समितिले संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने लगायत माग राखी दवाव मुलक विरोध कार्यक्रम गरेका हुन् ।
नीलकण्ठ नगरपालिकाका स्तरीय संघर्ष सिमितिको बिहीबारको निर्णय अनुसार आजदेखि अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा बन्द गरि विरोध उत्रिएका हुन् ।
उनीहरुले प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, निजामतीको परिभाषा भित्र स्थानिय तहका कर्मचारीहरुलाई समेत सेटिनु पर्ने, तीनै तहका कर्मचारीहरुको समान वृद्धि विकासको व्यवस्था गरिनु पर्ने, बिना सहमती ७५३ स्थानिय तहमा चक्रिय प्रणालीमा सरुवा हुनपर्ने जस्ता माग अगाडि सारेका छन् ।
स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समिति बनाएर विरोधमा उत्रिएका उनीहरूले संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको आरोप लगाएका छन् । ऐनको विरोधमा उनीहरुले कार्यालयमा विरोधको ब्यानर र हातमा कालोपट्टी बाँधेर अति आवश्यक सेवा बाहेकका अन्य सबै सेवा प्रवाह बन्द गरेका छन् ।
आजदेखि नगर कार्यपालिकाको कार्यलय अन्तर्गतका कार्यलयहरुमा अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा नगर्ने गरी अनिश्चितकालिन पेन डाउन गरी संघीय सरकारी स्थानिय तहक कर्मचारी केन्द्रिय संघर्ष समितिले राखेको सम्बोधन गर्न जोडदार दबाब सहित माग गरेको जनाएका छन् । साथै आन्दोलनको कार्यक्रमबाट सेवाग्राहीहरुमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी रहेको नीलकण्ठ नगरपालिका कर्मचारी संघर्ष समितिले जनाएको छ ।
स्थानिय तह कर्मचारी केन्द्रिय संघर्ष समितिले प्रशासनिक संघीयता पुर्ण कार्यन्वयनको आधार, तिनै तह कर्मचारीको सामान अधिकार भन्ने मुल नाराका साथ सोमबार देखि विभिन्न दबाब मुलक कार्यक्रम संचालन गरिरहेको छ ।
यस्तो छ जारी बिज्ञप्ती
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
neelkanthafm@gmail.com
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |