प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,१४ असोज
श्रोत परिचालन बचत तथा ऋण सहकारीको संस्था लिमिटेडको २६ औ वार्षिक साधारण सभाको दोस्रो एकाई भेला तथा रक्तदान कार्यक्रम शनिवार नीलकण्ठ माविको प्राङ्गणमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रुद्र बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको भेलामा धादिङ जिल्ला बचत तथा ऋण सहकारी संघ का अध्यक्ष नवराज शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सस्थाका अध्यक्ष्य रुद्र बहादुर खत्रीले छलफलको प्रस्तावहरु र आव २०७९/८०को प्रगती प्रतिवेदन तथा आव २०८०/८१ को वजेट प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरि सुपरिवेक्षण समितिका संयोजक दुर्गा अधिकारिले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन तथा सुझाव पेश गर्नु भएको थियो । एकाई भेलाले संचालक समितिको प्रस्ताव उपर छलफल गरि सर्वसम्मत पारित गरेको छ । साथै उक्त साधारणसभा बैठकले एकाई प्रतिनिधिहरुको भेला २०८० असोज २३ गते हुने प्रतिनिधि एकाई भेलाको लागि प्रतिनिधि पठाएको छ ।वि.स २०५४ कार्तिक १२ मा २६ जनाद्वारा स्थापित संस्था हाल ७९७९ सदस्यहरु र ५६ करोड ११ लाख ६१ हजार कुल सम्पती रहेको छ ।
संस्थाको शाखा कार्यालयहरु गल्छी गाउँपालिकाको वडा नम्बर ७ गल्छीबजार र त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ सल्यान्टारमा सन्चालनमा रहेका छन् ।सस्थाले आव २०७९।८० मा रु २ करोड ५७ लाख ३१ हजार नाफागरी १५.५ शेयर लाभांश र रु ५० लाख ८२ हजार संरक्षितपुजि फिर्ता को बापत गरि जम्मा रु १ करोड ४६ लाख रकम आफ्ना शेयर सदस्यहरुलाई बाडने समेत निर्णय सर्वसम्मत गरेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |