धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
धादिङ । धादिङमा धारिलो हतियार प्रहार गरी एक जना वृद्धाको हत्या भएको छ। नेत्रावती डबजोङ गाउँपालिका (४ हल्दारे बस्ने ७२ वर्षीया सुकमाया गुरूङको हत्या भएको प्रहरीले जनाएको छ । हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँमा बस्ने ३६ वर्षीय मंगल गुरूङलाई पक्राउ गरेको हो।
सुकमाया आफ्नै घर नजिकैको सडकमा मृत फेला परेकी थिइन्। उनी मृत फेला परेको खबरपछि प्रहरी चौकी टोड्के र जिल्ला प्रहरी कार्यालय धादिङबाट टोली खटिएको थियो। अनुसन्धानको क्रममा मंगल गुरूङको संलग्नता रहेको खुलेपछि पक्राउ गरेको प्रहरीले बताएको छ।
सोधपुछ गर्दा सुकमायासँग पुरानो रिसिइबी भएको र बाख्राले बाली खाइदिएको विषयमा खुर्पाले प्रहार गरी हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। घटना सम्बन्धी थप अनुसन्धान प्रहरीले गरिरहेको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |