Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ६, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार धादिङका सिलवाल र रूकुमका केसीलाई

नीलकण्ठ एफ.एम ९२२ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन ७, आईतबार (२ साल अघि)
हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार धादिङका सिलवाल र रूकुमका केसीलाई

यस वर्षको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार–२०८० द्वारा नेपाल टेलिभिजन धादिङमा कार्यरत शिव सिलवाल र कान्तिपुर टेलिभिजनमा रूकुम पूर्वका महेश केसीलाई प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन शाखाले आयोजना गरेको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार–२०८०’ वितरण समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त पुरस्कार प्रदान गर्नुभयो ।

उहाँले राजनीति र पत्रकारिता दुवै जोखिमपूर्ण यात्रा भएको र टिकिरहन असहज परिस्थिति रहेको बताउनुभयो । मन्त्री शर्माले सम्मानित पत्रकारद्वयलाई बधाई दिँदै जोखिम मोलेर काम गर्दा धेरै चुनौती हुने र त्यस्लाई सूचना प्रविधिसँग जोडन कठिनाइ भएको बताउनुभयो ।

उहाँले सरकारी मिडिया जनताको आवाज बन्नुपर्ने भन्दै पत्रकारिता क्षेत्रमा टिकिरहनका लागि सरकारले सञ्चारसम्बन्धी विभिन्न कानुनहरू बनाइरहेको जानकारी दिनुभयो । मन्त्री शर्माले नेपाल टेलिभिजनलाई प्रतिस्पर्धी र उत्कृष्ट बनाउन जरुरी भएको भन्दै त्यसका लागि सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

नेपाल टिलिभिजनका अध्यक्ष समिरजङ्ग शाहले नेपाली पत्रकारितामा हुने जोखिमलाई अवसरका रूपमा लिएर काम गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वलले पेशागत जोखिम र प्रविधिगत जोखिम बढ्दै गएको र सोहीअनुसार नेपाल टेलिभिजनलाई पनि अघि बढाउन प्रयत्नमा रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सुरक्षित पत्रकारिता गर्नका लागि आवश्यक कानुन र संयन्त्र बन्न आवश्यक रहेको भनाइ राख्नुभयो । सम्मानित हुने रूकुम पूर्वका पत्रकार केसीले दुर्गममा पत्रकारिता गर्नका लागि सूचना प्रविधिको पहुँचमा समस्या भएको र त्यसका लागि वातावरण बनाउन आग्रह गर्दै पुरस्कारले काम गर्न थप प्रोत्साहन मिलेको बताउनुभयो ।

पुरस्कार छनोट समितिका सदस्य दिलभूषण पाठकले २० पत्रकारका सामाग्री आएको र त्यसमध्ये उत्कृष्टलाई छानेको जानकारी दिनुभयो । पत्रकार हेम भण्डारी र क्यामेरा पर्सन सुनील सिहंको २०६३ साल असोज ७ गते ताप्लेजुङको धुन्सामा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियोे ।

उहाँहरूको सम्झना नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन शाखाले २०६४ सालमा रू पाँच हजार राशिको पुरस्कार स्थापना गरेको थियो । उक्त पुरस्कारको राशी यस वर्षदेखि रू एक लाख कायम भएको छ ।

नेपाल टेलिभिजन कर्मचारी सङ्घका अध्यक्ष गोपाल दाहाल, नेपाल टेलिभिजन कर्मचारी युनियनका अध्यक्ष भोजबहादुर विश्वकर्माले पुरस्कृत व्यक्तित्वलाई बधाई दिनुभएको थियोे । कार्यक्रममा टेलिभिजन शाखाका पूर्वअध्यक्षहरू रामेश्वर शुक्ला, प्रदीप चापागाईं, शालिक सुवेदी र पुरूषोतम घिमिरेलाई पनि सम्मान गरिएको थियो ।

प्रतिष्ठान शाखाका अध्यक्ष दीपकजङ्ग हमालले उक्त पुरस्कारका लागि अक्षयकोष स्थापना गरिएको र उक्त कोषमा हाल रू २० लाख रहेको जानकारी दिँदै पुरस्कृतलाई बधाई दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

  • नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • समाचार
    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0