प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,७ असोज
धादिङ उद्योग वाणिज्य संघको ३० औँ वार्षिक साधारण सभा शनिवार गल्छि गाउँपालिका वडा नम्बर ८ स्थित छाँगेश्वर मन्दिर परिसरमा सम्पन्न भएको छ ।सँस्थाका अध्यक्ष विष्णु प्रसाद थपलियाको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा बागमती प्रदेश सरकारका साँसद मदुकुमार श्रेष्ठको प्रमुख आतित्थ्यता रहेको थियो ।
बार्षिक साधारणसभालाई सम्बोधन गर्नुहुै बागमती प्रदेश सरकारका साँसद श्रेष्ठले अहिले आर्थिक मन्दीको कारण व्यापार व्यवसाय ठप्प प्राय भएको भन्दै व्यापारीहरु समस्यामा परेको बताउनुभएको थियो । साधारण समामा संस्थाका महासचिव तिलक सिंखडाले वार्षिक प्रतिवेदन तथा प्रस्तावित कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो ।
बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुहुदै सिंखडाले ३४६ जना नयाँ सदस्यता विस्तार भएकोमा अहिले सदस्य सँख्या २०३८ पुगेको पनि बताउनु भएको थियो । जिल्लाको विभिन्न स्थानमा कर भ्याट तथा लेखा व्यवस्थापन तालिम लगायत राहत तथा सहयोगको काम गरिएको पनि महासचिव सिंखडाको बताउनु भएको थियो ।कार्यक्रममा सँस्थाका कोषाध्यक्ष सुमन धरेलले आर्थिक वर्ष ०७९/८० को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |