धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
आरुघाट गाउँपालिका–१ श्यामचेतकी ७० बर्षीया सुनमाया लामाको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । घटनाको अनुसन्धानका लागि सोही स्थानका ३१ बर्षीय कर्मा छिरिङ र १८ बर्षीय साने भन्ने सुपराज लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत भदौ ३० गते बिहान करिव दश बजेको समयमा आफ्नै घरभित्रको कोठाको बलोमा नाम्लोको डोरीले पाँसो लगाई झुण्डिएको अवस्थामा सुनमायाको शव फेला परेको थियो । दुवै कानको लोती च्यातिएको अवस्थामा भएकाले हत्याको आशंका गर्दै प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । प्रहरी निरीक्षक शेखर खड्का नेतृत्वको टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान गर्दा हत्या भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
‘भदौ २८ गते साँझ करिव ६ बजे घरमा कोही नभएको मौका छोपी कर्मा र सुपराजले सुनमायाको घाँटीमा डोरीले दुुई तर्फबाट कसेर मारेको भन्ने प्रारम्भिक अध्ययनमा देखिएको छ । उनीहरुले मृतकको कानमा भएको सुनको रिङ पनि लुटेर लगेको खुल्न आएको छ,’ डिएसपी रमेशकुमार श्रेष्ठले भने, ‘घटनालाई ढाकछोप गर्न मृतकलाई कोठाको बलोमा झुण्ड्याएको अनुसन्धानमा देखिन्छ ।’
वुधवार उनीहरुलाई पक्राउ गरी कर्तव्य ज्यान कसूर शीर्षकमा मुद्दा दर्ता भएको उनले बताए । अनुसन्धानको क्रममा वृद्धाको कानबाट थुतिएको सुनको रिङ समेत बरामद गरिएको श्रेष्ठले जानकारी दिए । ‘लुटपाट गरेर लगेको सुनको रिङ बेचिसकेका रहेछन्, हामीले त्यो पनि बरामद गरेर ल्याएका छौ,’ डिएसपी श्रेष्ठले भने ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |