धादिङ,३ असोज
संविधान दिवसको अवसर पारेर गजुरी गाउँपालिकाले चेपाङ किशोरी छात्रावासका छात्राहरुहरुलाई ट्रयाकसुट र जुत्ता वितरण गरेको छ ।गजुरी गाउँपालिकाले संविधान दिवसको अवसरमा वडा नम्बर १ हाँगेटार स्थित चेपाङ किशोरी छात्रावासका छात्राहरुहरुलाई ट्रयाकसुट र जुत्ता वितरण गरीएको हो।
गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ,उपाध्यक्ष शर्मिला विसुराल, वडा नम्बर ८ का वडा अध्यक्ष देवराज ओझा, वडा नम्बर १ का अध्यक्ष तारानाथ भण्डारीको उपस्थितिमा ३० जना छात्राहरुलाई ट्रयाकसुट र जुत्ता वितरण गरीएको गाउँपालिकाले जानकारी दिएको छ । साथै दिवसकै अवसर पारेर गजुरी गाउँपालिका वडा नम्बर २ मलेखु बजार स्थित भद्रकाली वृद्धाआश्रममा रहेका ९ जना वृद्धा आमाहरुलाई फलफुल वितरण गरिएको छ ।
चेपाङ किशोरी छात्राबासका छात्राहरुलाई ट्रयाकसुट र जुत्ता वितरण गर्ने क्रममा चेपाङ समुदायको क्षेत्रमा विशेष योजना बनाएर गाउँपालिकाले काम गरीरहेको बताउनुभयो । चेपाङ समुदायलाई शिक्षा क्षेत्रमा आकर्षण गर्न सकेमात्र उनीहरुको चेतना बृद्धि हुने भन्दै छात्राहरुलाई कपडा र जुत्ता वितरण गरीएको बताउनुभयो ।
शिक्षा क्षेत्रको विकास भएमात्र अन्य विकास हुने भन्दै उहाँले चेपाङ समुदायको लागि गाउँपालिकाले सहयोग गर्दै आईरहेको बताउनुभयो । चेपाङ छात्राहरुको लागि पालिकाले सहयोग गर्दै आएको र निरन्तर सहयोग गर्ने पालिका अध्यक्ष श्रेष्ठले बताउनुभएको गजुरी गाउँपालिकाका स्वकिय सचिव सुमन लोले जानकारी दिनुभएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |