प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,२२ भदौ
निजामती सेवा दिवसको अवसर पारेर धादिङबेसीमा प्रभातफेरी सहित पुरस्कार वितरण गरिने भएको छ । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको छ । निजामती सेवा दिवसरको अवसर पारेर धादिङमा सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरीएको थियो ।
सप्ताहब्यापी कार्यक्रमका बिजेताहरुलाई पुरस्कार वितरण गरिने कर्मचारी मिलन केन्द्रका अध्यक्ष अजय बिक्रम मानन्धरले जानकारी दिनुभयो । ब्याडमिन्टर प्रतियोगितामा प्रथम,द्धितिय र तृतीय हुनेलाई शिल्डबाट पुरस्कार गरिने छ । यसैगरी फुटबल प्रतियोगितामा बिजेत र उप बिजेता हुनेहरुलाई मेडलबाट, रक्तदान कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र र कविता प्रतियोगितामा प्रथम,द्धितिय तृतीय हुनेहरुलाई नगदबाट पुरस्कार वितरण गरिने छ ।
निजामती सेवा दिवसको अवसरमा प्रभातफेरी सहित समापन सत्र सन्चालन गरिने छ । पुछारबजाबाट सुरु हुने प्रभातफेरी मालपोत चोकमा पुगेर जिल्ला समन्वय समितिको हलमा पुगेपछि सभामा परिणत हुने आयोजकले जानकारी दिएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |