धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्कीनको महामारीका कारण क्षति व्यहोरोका किसानलाई राहत दिने मापदण्ड तयार गरेको छ ।
मरेका पशुअनुसार किसानलाई कम्तीमा ५ हजारदेखि २० हजार रूपैयाँसम्म राहत दिने गरी मापदण्ड बनाइएको र मापदण्ड आर्थिक विश्लेषणका लागि अर्थ मन्त्रालयमा पठाइएको कृषिमन्त्री डाक्टर वेदुराम भुसालले जानकारी दिनुभयो।
मापदण्डमा विवरण सङ्कलन, प्रमाणीकरण र नगद राहत प्रस्ताव गरी तीन चरण प्रस्ताव गरिएको छ । कृषि मन्त्रालयका अनुसार किसानलाई दिने राहत पनि तीन प्रकारकै प्रस्ताव गरिएको छ ।
किसानलाई ठूला वयस्क भैंसी र गाई मरेकोमा २० हजार, स्थानीय जातको ठूला गाई भैंसी, गोरू र राँगालाई १५ हजार र मृतक बाच्छा/बाच्छीलाई ५ हजार रुपैयाँका दरले राहत प्रस्ताव गरिएको छ ।
मन्त्रालयकाअनुसार लम्पी महामारीका कारण भदौ दोस्रो सातासम्म देशभर ५२ हजार ५४८ पशु मरेको तथ्याङ्क छ । तर, अहिलेको तथ्याङ्कमा कति वयस्क, कति रैथाने र कति बाच्छा बाच्छी मरे भन्ने एकिन विवरण भने सङ्कलन भइनसकेको सरकारले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |