Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १४, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

पहिरोबाट बच्ने उपायबारे नीलकण्ठ–४ खर्कमा नमुना अभ्यास(फोटो फिचर)

१०७२ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र १९, मंगलबार (२ साल अघि)
पहिरोबाट बच्ने उपायबारे नीलकण्ठ–४ खर्कमा नमुना अभ्यास(फोटो फिचर)

धादिङ,१९ भदौ ।
पहिरोबाट बच्ने उपायबारे नमुना अभ्यास प्रदर्शनी (सिम्युलेसन) गरिएको छ। नीलकण्ठ नगरपालिका वडा नम्बर ४ को खर्कको गाउँमा कृत्रिम पहिरो बनाई अभ्यास प्रदर्शन गरिएको हो। पहिरोको जोखिममा रहेको उक्त गाउँमा सम्भावित पहिरोबाट बच्ने उपायबारे जनचेतना जगाउने उद्देश्यले नीलकण्ठ नगरपालिकाको आयोजनामा युएसएआईडी तयार नेपाल र फिड प्रा.लि.को सहयोगमा पहिरो अभ्यास प्रदर्शनी गरिएको हो।


प्रदर्शनीको क्रममा नीलकण्ठ नगरपापलिका वडा नम्बर ४ को खर्क गाउँमा पहीरो गएको,पहिरोमा परी ६ जना घाईते भएका,घाईतेहरुलाई स्टेचर बनाएर प्राथमिक उपचार पश्चात थप उपचारार्थ अस्पताल लगिएको नाटक गरिएको थियो। पहिरोले घाइते भएकाहरूलाई प्राथमिक उपचार प्रशिक्षक तथा नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका कोषाध्यक्ष र स्वास्थ्यकर्मी तथा धादिङ भोलियन्टरका अध्यक्ष भेषराज ठकुरीको नेतृत्वको टोलीले घटनास्थलबाट उद्धार गरी अस्पताल भर्ना गरेको तथा बेपत्ताको खोजी गरेको देखाइएको थियो।

वर्षाको समयमा पहाडी भेगमा पहिरो जाने अत्यधिक सम्भावना भएकाले त्यसबाट बच्न र पूर्वतयारी गर्ने उद्देश्यले सिमुलेसन आयोजना गरीएको नीलकण्ठ नगरपालिकाका शांखा अधिकृत तथा विपद संयोजक विनोद अर्यालले जानकारी दिनुभयो।नीलकण्ठ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हरि बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको अभ्यास कार्यक्रममा नगर उप–प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्य तथा प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीको विषेश आतिथ्यता रहेको थियो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका डि.एस.पि सन्तुलाल जैसवार, शसस्त्र प्रहरी बल धादिङबेसीका प्रमुख राजकुमार कडेंल, नेपाल रेडक्रस सोसाईटी धादिङका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठ,विपद् तथा वातावरण संयोजक राम्री नेपाली, एक्सन नेपालका अध्यक्ष कमलराज ढुंगाना,तयार नेपालको फिल्ड संयोजक सुधा रिमाल धादिङ सोसियल भोलिन्टियरका अध्यक्ष भेषराज ठकुरी लगायतको आतिथ्य रहेको थियो। पहिरो पुर्वसुचना प्रणाली सम्बन्धी कृत्रिम घटना अभ्यास को  डा.श्रीजन मल्ल, पुर्व सहायक रथी नरेश सुब्बा, डा.संजय देवकोटा, डा. गोविन्द आचार्य र सुरज गौतमले सहजीकरण गर्नुभएको थियो ।

कृत्रिम घटना अभ्यास कार्यक्रममा पहिरो जादा कसरी जोगीने, उद्धार, खोज तथा प्राथमिक उपचार र आपतकालिन स्वास्थ्य सम्बन्धी ज्ञान प्रदान गर्नका लागि कृत्रिम पुर्व अभ्यास गराइएको हो । नीलकण्ठ नगरपालिकाले विपद व्यवस्थापनको क्षेत्रमा काम गर्दै आइरहेको र आगामि वर्षहरुमा पनि यस कार्यलाई निरन्तरता दिने नगर उपप्रमुख दिपक विश्वकर्माले बताउनुभयो ।

विपद बाजा बजाएर नआउने भन्दै त्यसको पुर्व तयारीमा रहनुपर्ने नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले बताउनुभयो ।विपदका समयमा मानविय सहायता प्रदान गर्न र समुदाय स्तरमै प्राथमिक उपचार गरी जनधनको क्षति हुनबाट बचाउनका लागि यस प्रकारको अभ्यास निकै प्रभावकारी भएको वडा नम्बर ४ का वडा अध्यक्ष हरि बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

    निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

  • एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

  • इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

    इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

  • परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

  • समाचार
    निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

    निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

    इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0