धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,१६ भदौ ।
उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा नम्बर ४ बोराङ डाँडामा २२ फिट अग्लो शिवको मूर्ति स्थापना गरिएको छ । सात सय टन तौल भएको ढुंगाबाट निर्माण गरिएको शिवको मूर्ति सिद्ध योगी बाबा श्री १००८ परमहंस कालीदासजी महाराजले प्रतिस्थापन गर्नुभएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष तथा सांसद बुद्धिमान तामाङका साथै पशुपति विकास कोषका सदस्य सचिव मिलन थापासहित उक्त कार्यक्रममा सहभागी हुनुभएको थियो ।
सदरमुकाम धादिङ बेसीबाट दुर्गम क्षेत्रमा पर्ने उक्त गाउँपालिकामा पछिल्ला दिनमा चर्चहरू धेरै निर्माण भइरहेको चर्चा चलिरहेका बेला शिवको मूर्ति स्थापना गरिएको हो । त्यसले धार्मिक पर्यटकलाई पनि बढाउन सहयोग पुग्ने तामाङले दाबी गर्नुभयो ।‘रुबीभ्याली पर्यटकीय दृष्टीले महत्त्वपूर्ण क्षेत्र हो,’ उनले भने,‘शिवको २२ फिट अग्लो प्रतिमा स्थापनाले धार्मिक पर्यटकलाई पनि बढाउने विश्वास लिएका छौँ ।’
नागरिक न्युजबाट
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |