प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,९ भदौ ।
अन्तर्राष्ट्रिय धादिङ समाजका निवर्तवान सल्लाहकार तथा बागमती प्रदेशसभाका पूर्वसदस्य डा. राजाराम कार्की को निधन प्रति अन्तर्राष्ट्रिय धादिङ समाजले शोक वक्तव्य निकालेको छ।धादिङ जिल्लाको स्वास्थ्यका क्षेत्रको एक धरोहराको रुपमा रहेका उहाले लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको भन्दै उहाँको निधनबाट एक अनुभवी र बौद्धिक व्यक्ति गुमाएको र धादिङ जिल्लालाई ठुलो क्षति पुगेको शोक वक्तव्यमा भनिएको छ ।
अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले डा.कार्की को निधनबाट निकै मर्माहत भएको र गहिरो दुस्ख प्रकट गर्नुभएको छ । संस्थाका महासचिव राजेन्द्र श्रेष्ठद्धारा हस्ताक्षरीत शोक वक्तव्यमा डा. कार्कीको निधनले जिल्लाले एक अनुभवी र समाजसेवी व्यक्तित्व गुमाएको उल्लेख गरीएको छ ।
अन्तर्राष्ट्रिय धादिङ समाजका निवर्तवान सल्लाहकार, बागमती प्रदेशसभाका पूर्वसदस्य डा.राजाराम कार्की को ६६ वर्षको उमेरमा भदौ ६ गते बुधबार उपचारका क्रममा वीर अस्पतालमा भएको असामयिक निधन भएको थियो ।
शोकको यस घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना सहित भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त सिंगो परिवारमा
अन्तर्राष्ट्रिय धादिङ समाज, भावपूर्ण समवेदना प्रकट गर्दछ ।शोक बक्तव्यमा भनिएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |