प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
आज अगष्ट १२ तारिख, विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस बिभिन्न कार्यक्रम गरि धादिङ सहित देशभर मनाइएको छ । युवाका सवाल सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि हरेक वर्षको अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन्।
नेपालमा भने युवासँग काम गर्ने संघसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो ।परिषद्कै अगुवाइमा २०७३ सालदेखि युवा दिवस मनाउन थालिएको हो ।राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत युवाको विकासका लागि लक्षित गरी बनेका ऐन र नीति कार्यान्वयन हुन नसकेको गुनासो गर्नुहुन्छ । यस क्षेत्रका लागि विभिन्न कार्यक्रम बनेपनि ती सबैमा बजेट अभावका कारण कार्यान्वयनमा समस्या देखिएको उहाँको बुझाइ छ ।
यसैगरी दिवसको अवसर पारेर जिल्ला युवा समिति धादिङको आयोजनामा बृक्षारोपण गरीएको छ। धादिङबेशी स्थित मालपोत कार्यालय धादिङ परिसरमा बृक्षारोपण गरिएको हो । परिसरमा धुपी,कल्पी,म्याग्यो स्टिक लगाएतका बिरुवा रोपिएको छ । दिगो विकास लक्ष्य प्राप्तीमा युवाको साथ हरीत विश्व निर्माणमा हरित सिप विकास भन्ने मुल नाराका बृक्षारोपण कार्यक्रम गरिएको हो ।
बृक्षारोपण कार्यक्रममा जिल्ला युवा समिति धादिङका सदस्यहरु, लायन्स क्लव अफ काठमाण्डौ ब्लड सर्कल, युवा रेडक्रस सर्कल,नीलकण्ठ बहुमुखी क्याम्पस ,एनसिसि धादिङका सदस्यहरु र मालपोत कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |