धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,१७ साउन ।
सामाजिक सुरुक्षा मन्च गठन तथा अभीमुखीकरण कार्यक्रम धादिङबेशीबेशी सम्पन्न भएको छ । फोकस नेपालको आयोजना तथा नागरीक आवाजको सहगोगमा सामाजिक सुरुक्षा जालो कार्यक्रम अन्तर्गत अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सामाजिक सुरुक्षा जालो कार्यक्रमको परिचय, कार्यक्रमको उद्धेश्य, परियोजनका मुख्य क्रियाकलापहरु लगायतका विषयमा फोकस नेपालका कार्यकारी निर्देशक एकराज छत्कुलीले सहजिकरण गर्नुभएको थियो ।
त्यसैगरी फोकश नेपालका मनोविमर्श कर्ता खिल कुमारी पोखरेलले नीलकण्ठ नगरपालिका वडा नं ४ र बेनीघाट रोराङ गाउँपालिकाको वडा नं २, ८, ९ र १० मा सामाजिक सुरुक्षा जालो अन्तर्गतका कार्यक्रम संचालन गरिरहेको बताउनुभएको थियो ।
समुदायस्तर रहेका महिला, अपाङ्गता भएका व्यक्ति र पछाडि परेका वर्गहरुको आवाज बुलन्द पार्नको लागि समुदायमा भएका समस्याहरुलाई समाधन गर्नको लागि छलफल गरिने उहाँले बताउनुभयो ।
समुदायस्तरमा मनोसामाजिक समस्याहरु बढिरहेको अवस्थामा मनोसामाजिक कसरी सुरु हुन्छ ? यसको कारण के हो ? लक्षण के हो ? कसरी समाधान गर्ने लगायतका विषयहरुमा काम गर्दै आएको मनोविमर्श कर्ता खिल कुमारी पोखरेलले बताउनुभयो ।
गैर सरकारी संस्था महासंघ धादिङका प्रमुख शालिग्राम दुवाडिको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रको प्रमुख आतिथ्य रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |