Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ६, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

अनिल बहादुर गुरुङको अध्यक्षतामा २१ सदस्यीय गंगाजमुना गाउँपालिका स्तरीय बालक्लब संजाल गठन

नीलकण्ठ एफ.एम १३११ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ १२, मंगलबार (२ साल अघि)
अनिल बहादुर गुरुङको अध्यक्षतामा २१ सदस्यीय गंगाजमुना गाउँपालिका स्तरीय बालक्लब संजाल गठन

धादिङ,१२ असार ।
गंगाजमुना गाउँपालिकाले बाल भेला सम्पन्न गरेको छ । बाल भेलाले २१ सदस्यीय गंगाजमुना गाउँपालिका स्तरीय बालक्लब संञ्जाल गठन तथा बालबालिकाहरुको क्षेत्रमा गाउँपालिकाबाट गरिनुपर्ने १५ वटा बुँदामा प्राथमिकता तय गर्दै बाल भेला सोमबार सम्पन्न भएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले समेत स्थानीय सरकारले बालअधिकार सुनिश्चित गर्नका निम्ति स्थानीय सरकारले स्थानीय तहको योजना तर्जुमा गर्दा बालक्लव र बालबालिकाको सहभागीता सुनिश्चित गर्नुपर्ने कुराको उल्लेख भए बमोजिम बाल भेला गरिएको महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख उषा लामिछानेले बताउनु भयो ।

वडा, गाउँपालिकामा रहेका कानुनले तोकिएको ठाउँमा बालबालिकाको प्रतिनिधित्वलाई अनिवार्य गरिने गाउँपालिका अध्यक्ष भक्त बहादुर लामाले बताउनु भयो । नेपालले बालबालिकाको सहभागीताको अधिकारलाई मौलिक हकको रुपमा आत्मसात् गरेको छ । त्यसैगरी नेपाल सरकारले अनुमोदन गरेको बालअधिकार महासन्धिका धाराहरू र सिद्धान्तले पनि बालबालिकाको सहभागीतालाई राज्यले सुनिश्चित गर्नु पर्ने उल्लेख गरेको छ भने बालबालिका सम्बन्धी राष्ट्रिय नीति, किशोर किशोरी सम्बन्धी कार्ययोजना लगायतका विविध दस्तावेजहरूले समेत बालबालिका सम्बन्धी कुनैपनि योजना, छलफल तथा निर्णय गर्दा अनिवार्य बालबालिकाको विचारको सुनुवाई हुनुपर्ने कुरा उल्लेख गरेको छ ।

बालमैत्री स्थानीय शासनको सूचक नं ४१. स्थानीय तहको योजना तर्जुमा पूर्व वार्षिक रूपमा वडा र गाउँपालिका तहमा बालभेला आयोजना गरी बालभेलाले प्राथमिकता तोकेका विषयलाई स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा समावेश गरिनु पर्ने व्यवस्था अनुसार गंगाजमुना गाउँपालिकाले बालभेलाई महत्व बालबालिका एक ठाउँमा जम्मा भई उनीहरूको समस्या, आवश्यकता र चाहनाहरूका बारेमा विचार राख्ने अवसर सृजना गरेको उपाध्यक्ष रामेश्वर सिम्खडाले बताउनु भयो ।

बालबालिकाहरुको भेला भई आफ्ना वास्तविक आवश्यकता र प्राथमिकता निर्धारण गर्न ,तय गरिएका आवश्यकता र प्राथमिकताहरूलाई स्थानीय योजना तर्जुमा र बजेट विनियोजन सम्बन्धी निर्णय गर्ने संरचना र पदाधिकारी समक्ष राखी बालबालिकाको सर्वोत्तम हित हुनेगरी कार्य गर्ने अवसर सृजना गर्ने भएकोले पनि गाउँपालिकाले बाल भेला आयोजना गरेको गंगाजमुना गाउँपालिका वडा नं ६ का अध्यक्ष रमेश ढकालको भनाइ रहेको छ ।

बालभेलाले बालबालिकाको अर्थपूर्ण सहभागीता वृद्धि गर्न सहयोग पुग्ने, बालक्लव, बाल सञ्जालको क्षमता विकासमा सहयोग पुग्ने, बालबालिकालाई स्थानीय शासन र लोकतान्त्रिक पद्धतिमा सहभागी हुने अवसर प्राप्त हुने पनि वडाध्यक्ष ढकालले बताउनु भयो । बालभेलाले पारित गरेको १५ बुँदे प्राथमिकता सहितको ध्यानाकर्षण पत्र गाउँपालिका अध्यक्ष भक्त बहादुर लामालाई हस्तान्तरण गरेका छन् ।

यसैगरी बाल भेलाले २१ सदस्यीय गाउँ बाल क्लब संजाल गठन गरेको छ । महालक्ष्मी माविका छात्र अनिल बहादुर गुरुङको अध्यक्षतामा गठन भएको बाल क्लब संजालमा ७ जना पदाधिकारी र १४ जना सदस्य रहेका छन् । बालक्लब संजालको ३ जना उपाध्यक्षहरुमा कल्याण आविका छात्रा सरिता गुरुङ कल्याण पासाङचोक माविका श्रेया तामाङ र महेन्द्र रत्न माविका छात्रा टीका नेपाली , सचिवमा तामाङखर्क मावि का प्रज्वल सिम्खडा , सहसचिवमा रि माबिका ग्रहण तामाङ र कोषाध्यक्षमा मणडली मा.वि का अनिसा अधिकारी रहेका छन् ।

यसैगरी सदस्यहरु पासाङचोक माविका पालदिन तामाङ , चिमचोक सरोज तामाङ ,तामाङ खर्क माविका क्रिष्टीना घले,मण्डली माविका सुचना अधिकारी , सातथर माविका आरती घले , बसेरी माविका सिवानी गुरुङ, तामाङ खर्च माविका सन्देश नेपाल , कल्याण आविका रजनी गुरुङ , बद्री विशाल माविका रिचा अधिकारी ,महालक्ष्मी माविका र स्मीता गुरुङ ,मणडली माविका बिनिता गुरुङ , हिलेपोखरी आविका सुस्मिता परियार ,रि माविका करिना तामाङ र शिखा तामाङ रहेका छन् ।

सोमबार भएको बालभेला महालक्ष्मी माविका छात्र अनिल बहादुर गरुङको अध्यक्षता महेन्द्र रत्न माविका छात्रा टीका नेपालीले संचालन तथा उषा लामिछानेले स्वागत गर्नु भएको बालभेलामा गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामाको प्रमुख आथिथ्यता रहेको थियो । बालभेला कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रामेश्वर सिम्खडा ,बिषयगत शाखा प्रमुखहरु , वडाध्यक्षहरु रमेश ढकाल ,रविन अधिकारी ,कुमार बहादुर अधिकारी लगायत विभिन्न बिद्यालयका बालक्लबका सहयोगी शिक्षकहरुको सहभागी रहेको थियो ।

बालभेलामा विद्यालय, वडा स्तरीय बालक्लब हुँदै गाउँपालिका स्तरीय प्रतिनिधिका रुपमा छनौट भई आएका ४२ जना बालबालिकाहरुको सहभगीता रहेको थियो । बालभेलाको तथा गाउँ पालिका स्तरीय बालक्लब गठन कार्यक्रमको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक तथा बाल अधिकार अभियान्ता दामोदर अर्यालले सहजिकरण गर्नु भएको फुलखर्कबाट रोशन अधिकारीले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

  • नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • समाचार
    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0