Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १९, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

ज्वालामुखी गाउँपालिका अध्यक्ष यमनाथ दनैद्वारा १ वर्षे कार्यकालको उपलब्धि सार्वजनिक(यस्तो छ, ४१ वटा बुँदाहरु)

२२६० पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ ९, मंगलबार (२ साल अघि)
ज्वालामुखी गाउँपालिका अध्यक्ष यमनाथ दनैद्वारा १ वर्षे कार्यकालको उपलब्धि सार्वजनिक(यस्तो छ, ४१ वटा बुँदाहरु)

धादिङ,९ जेठ ।
धादिङको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले कार्यकाल सम्हालेको आज १ बर्ष पुरा भएको छ । आफ्नो एक बर्षे कार्यकालमा भएका महत्वपुर्ण उपलब्धीहरु अध्यक्ष दनैले सार्बजनिक गर्नुभएको छ । विभिन्न ४१ वटा बुँदाहरु समटेर अध्यक्ष दनैले उपलब्धीहर प्रस्तुत गर्नुभएको छ ।
सुशासन तथा आर्थिक प्रशासन शाखा
१, चालु आ.व.मा यस गाउँपालिकाको पुँजीगत र चालु गरि कुल रकमको ६३.५१ प्रतिशत रकम खर्च भएको ।
२, चालु आ.व. मा प्रक्षेपण गरिएको कुल राजस्व मध्ये ८६ प्रतिशत राजस्व संकलन भैसकेको ।
३, चालु आ.व. मा १ हिउँदे अधिवेशन र १५ वटा कार्यपालिका बैठक संचालन भएको ।
४, यस गाउँपालिका, विषयगत शाखा र वडा कार्यालयमा रिक्त रहेका विभिन्न २२ पदका कर्मचारी प्रदेश लोक सेवा आयोग वागमती प्रदेश, हेटौडा, मकवानपुरमा माग आकृति फारम भरि पठाईएको ।
५, चालु आ.व. मा २६ वटा ऐन, कार्यविधि, मापदण्ड र निर्देशिका निर्माण भएको ।
६, गाउँपालिकाको एकिकृत डिजिटल प्रोफाईल निर्माण सम्पन्न कार्य अन्तिम चरणमा पुगेको ।
७,  नवप्रवर्धन साझेदारी कोष अन्तर्गत ज्वालामूखी कृषि प्रवर्धन परियोजना कार्यक्रमसंचालन भैरहेको ।
८, ज्वालामूखी ग्रामीण खानेपानी, सरसफाई तथा स्वच्छता व्यवस्थापन वोर्ड स्थापना भै गाउँपालिका क्षेत्रभित्रका खानेपानी आयोजनाहरु बोर्डमा आवद्ध हुने कार्य भैरहेको ।
९, गाउँपालिका क्षेत्रभित्रका १,२,४,३ जनाले राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता अभियानवाट अनलाईन परिचयपत्र विवरण फारम भरिएको ।
१०, ४१ जनालाई अपाङ्गता परिचयपत्र वितरण कार्य सम्पन्न ।

योजना तथा भौतिक पूर्वाधार
११, गाउँपालिकाको केन्द्र जोड्ने सडक पाल्पा भञ्ज्याङ साधभञ्ज्याङ सडक कालोपत्रे हुने कार्य द्रुत गतिमा भैरहेको ।
१२, हुलाक भञ्ज्याङ चैनपुर बुङ्कोटघाट बाङ्गेरह सडक कालोपत्रे हुँदै (चालु आ.व. मा १ कि.मि. भैरहेको) ।
१३,  साधभञ्ज्याङ खरी बुङ्कोटघाट सडक र साधभञ्ज्याङ ढोला मैदी सडक स्तरोन्नती हुने कार्य भैरहेको ।
१४, चालु आ.व. विनियोजन भएका गाउँपालिका र वडा स्तरीय योजना तथा कार्यक्रमको ९७ प्रतिशत सम्झौता भैसकेको र ६७ प्रतिशत भुक्तानी भैसकेको ।
१५, दुई लाख सम्मको योजना तथा कार्यक्रम सम्वन्धीत वडावाट अनलाईन सम्झौता गर्ने गरिएको ।

शिक्षा शाखा
१६, पञ्च बर्षीय विद्यालय सुधार योजना निर्माण सम्बन्धी प्र.अ.,वि.व्य.स. तथा शि.अ.संघका अध्यक्षहरुको लागि अभिमखीकरण कार्यक्रम सम्पन्न ।
१७, पञ्च बर्षीय शिक्षा गाउँ शिक्षा योजना निर्माण तथा स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धमा कार्यपालिका सदस्यहरु,राजनीतिक दलका प्रतिनिधिहरु, शिक्षकका विभिन्न संगठनका प्रतिनिधिहरु, स्थानीय बद्घिजिवी तथा शिक्षा सँग सरोकारवालाहरुसँग अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम सम्पन्न ।
१८, वहुकक्षा वहुस्तर शिक्षण पद्दति (ःन्ःीबाट १३ वटा विद्यालयमा कक्षा सञ्चालन शुरुवात।
१९, विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान सम्पन्न ।
२०, प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीहरुको लागि छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न ।
२१, कक्षा ११र१२ मा अध्ययनरत दलित,विपन्न तथा सिमान्तकृत विद्यार्थीहरुको लागि छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न ।
२२,  विद्यालय समायोजन कार्यक्रम अन्तर्गत पूर्ण समायोजन भएका विद्यालय संख्या ५ वटा , ४–५ ग्रेड डाउन भएका विद्यालय संख्या ३ वटा, ६–८ ग्रेड डाउन भएका विद्यालय संख्या ३ वटा भएको ।

स्वास्थ्य शाखा
२३, एक वडा एक स्वास्थ्य कर्मी कार्यक्रम अन्तर्गत सामुदायिक स्वास्थ्य सहजकर्ताहरु परिचालन गरि घरदैलोमा जनस्वास्थ्य सेवा पुर्याईएको ।
२४, कोख देखी शोक सम्म ज्वालामूखी सरकार कार्यक्रम अन्तर्गत जिल्लामा नमुना आमा सुरक्षा कार्यक्रम(गर्भवतीको घरमा संकेतमुलक जिवन सुरक्षा झण्डा राखिएको, गर्भ जाचको लागि निमन्त्रणा पत्र, आमा समुहमा सुरक्षित मातृत्व कोष स्थापना, प्रसुति प्रतिक्षालय घरमा अनिवार्य ३ दिन सम्म सुत्केरी राख्ने व्यवस्था, स्वास्थ्य संस्था स्तरमा आकास्मिक प्रसुति स्याहारकोष) संचालन गरिएको ।
२५, गर्भवती तथा सुत्केरी आमाहरुलाई निःशुल्क एभुलेन्स सेवा अन्तर्गत ५२ जना आमाहरुलाई एम्वुलेन्स सहज गरिएको ।
२६, अध्यक्ष सुत्केरी पोषण कार्यक्रम अन्तर्गत सुत्केरी भएको सातौ दिनमा स्वास्थ्य कर्मीवाट उत्तर प्रसुती घर भेट गरि सन्देश मुलक खाममा रु. १ हजार पोषण स्याहार खर्च र हाईजिन किट सहितको कोसेली झोला ९८ जनालाई वितरण गरिएको ।
२७, न्यूनतम सेवा मापदण्ड अनुसार ४ वटै स्वुस्थ्य चौकीहरुमा अत्यावश्यक स्वास्थ्य सेवा सर्वसुलभ र गुण्तरीय वनाई आवश्यक व्यवस्थापन गरिएको ।
२८, गाउँपालिकालाई सफा र स्वच्छगाउँ वनाउने कर्यक्रम अन्तर्गत ५ वटा टोल हरुलाई तोकिएको सूचकहरु पुरा गरेको आधारमा सफा र स्वच्छ गाउँ घोषणा गरिएको ।
२९, अस्वस्थकर खाना नियन्त्रणको लागि जंक फुड निषेध अभियान अन्तर्गत सबै सामुदायिक विद्यालयहरुमा ३ च (चाउँचाउ, चकलेट र चुईगम) बन्द अभियान कार्यान्वयन गरिएको ।
३०,  छोरी वीमा कार्यक्रम अन्तर्गत सबै वडामा २०७९ साउन १ गते देखी जन्मिएका छोरीहरुको रु.१ लाखको पहिलो प्रिमियम वापतको रकम भुक्तानीय गरिएको ।
३१, खरी स्वास्थ्य चौकीमा प्रयोगशाखा सेवा संचालन गरिएको ।
३२, पोषण मैत्री स्थानीय तह निर्माणका लागि मासिक रुपमा २ वर्ष सम्म वालवालिकाहरुलाई “नियमित रुपमा जोखौं, पाकेटको आयोडिन युक्त धुलो नुन बोकौ“ भन्ने नाराका साथ बृद्धि अनुगमन गरे वापत नुन वितरण गरिएको ।
३३, स्वास्थ्य चौकीहरुमा इलेक्ट्रोनिक हेल्थ रेकर्ड सिस्टम ईएचआरएस कार्यान्वनको क्रममा ईल्याव सुरु गरिएको
३४, गाउँपालिकामा ग्रामीण आँखा केन्द्र स्थापना भै जम्मा ६६३ जना सेवाग्राहीले आँखा सम्वन्धी उपचार सेवा प्राप्त गरेको ।
३५, गाउँपालिकामा रहेको नागरिक आरोग्य सेवा केन्द्रवाट हाल सम्म जम्मा २११३ जना सेवाग्राहीले आयुर्वेद उपचार सम्वन्धी सेवा प्राप्त गरेको ।

कृषि विकास शाखा
३६, बाली विकास कार्यक्रम अन्तर्गत च्याउँ ४०० के.जी., मकै ५००० के.जी र धान ३९०० के.जी विभिन्न कृषक समुह र कृषि फर्महरुलाई वितरण गरिएको ।
३७,  कृषि औजार वितरण तथा कृषि संरचना निर्माण कार्यक्रम अन्तर्गत ४१ वटा मिनि टिलर (हाते ट्याक्टर),१० वटा राईस मिल र ७७वटा ट्रस्ट तथा प्लास्टिक टनेलो निर्माण गरिएको ।
३८, तरकारी उत्पादन कार्यक्रम तर्फ प्याज, रायो, घिउसिमि, मुला, काउली गरि जम्मा २८८.५ केजी वीउँ १८० कृषक समुह, १२० कृषि फर्म र अगुवा कृषकलाई वितरण गरिएको ।
३९, एक वडा एक कृषि÷पशु प्राविधिक कार्यक्रम अन्तर्गत चालु आ.व.मा वडा नं. १,२ र ३ मा सेवा उपलव्ध हुने गरि वडा नं. २ मा पशु तथा कृषि सेवा केन्द्र स्थापना गरिएको ।

पशु सेवा शाखा
४०,  २६२०५ पशुपंक्षीमा विभिन्न रोग नियन्त्रणको लागि कृषकहलाई औषधी वितरण गरिएको ।
४१, कृतिम गर्भधान मिसन कार्यक्रम अन्तर्गत ५४ वटा गाई भैसीमा कृतिम गर्भधान गरिएको ।
४२, पशु वीमा कार्यक्रम अन्तर्गत हाल सम्म ५६० जना कृषकलाई पशु बीमा कार्यक्रम उपलव्ध गराईएको।
४३, ८०५ केजी घासको विउँ तथा वेर्ना ७० वटा कृषक समुह तथा कृषि समुहलाई वितरण गरिएको ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१८%२%७%१%१%४%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

  • आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

  • “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

    “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

  • समाचार
    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

    “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0