नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
रिचेकिङले उजागर गर्यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ए’ को अन्तिम खेलमा नेपालले कतारसामु जितका लागि १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४० दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै एक सय ५७ रन बनायो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ५८ बल खेल्दै छ चौका प्रहार गरे । यस्तै कप्तान रोहितकुमार पौडेलले २७, आसिफ शेखले १९, दीपेन्द्रसिंह ऐरीले १२ तथा सोमपाल कामी र आरिफ शेखले समान ११÷११ रन बनाए ।
बलिङतर्फ कतारका लागि अमिर फारिक र ओवाइस अहमदलले समान तीन/तीन विकेट लिए । यस्तै गयान मुनवाराले दुई विकेट लिए । नेपालले यसअघि खेलेका तीन खेलमध्ये दुईमा जित तथा एउटामा अङ्क बाँडेको थियो । नेपाल हालसम्म पाँच अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ ।
नेपालले पहिलो खेलमा मलेसियालाई छ विकेटलले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । नेपालले साउदी अरेबियासँग वर्षाको कारण अंक बाँडेको थियो । आजको खेलमा जित हासिल गरे नेपाल समूह ‘ए’ को विजेता बन्ने छ । कतार हालसम्म खेलेका तीनवटै खेलमा जितविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । कतारले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |