वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङ,१३ बैशाख ।
नुवाकोटमा सम्पन्न भएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी धादिङको सिद्धलेक गाउँपालिकाले जितेको छ । नुवाकोटको म्यागङ गाउँपालिका –५ सामरीमा जारी नुवाकोट, रसुवा र धादिङ तीन जिल्लाको अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी धादिङको सिद्धलेकले जितेको हो । सिद्धलेक गाउँपालिकाले उपाधी रक्षा गरेसँगै नगद २ लाख राशीको पुरस्कार समेत जितेको छ ।
सिद्धलेकले प्रतियोगितामा पन्चकन्या गाउँपालिका नुवाकोट, किस्पाङ गाउँपालिका नुवाकोट र क्वाटर फाइनलमा नौकुण्ड गाउँपालिका रसुवालाई र सेमिफाईनलमा धादिङ कै खनियाबास गाउँपालिकालाई र फाईनलमा नुवाकोटको तादीलाई पराजित गरेको हो ।प्रतियोगितामा तादी टिम दोस्रो भएको छ भने धादिङकै खनियाबास गाउँपालिका तेस्रो भएको छ ।
दोस्रो हुने टिमले नगद १ लाख,तेस्रो हुने टिमले नगद ५० हजार जितेको छ । आफ्ना खेलडाीहरुलाई हौसला बढाउनको लागि सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा र खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङमा खेल भएको स्थान नुवाकोटमै पुग्नुभएको थियो ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |