सिद्धलेकमा भएको वडा स्तरिय तीज गीत प्रतियोगितामा फुलबारी आमा समुह प्रथम
धादिङबेसीमा डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता तालिम सम्पन्न
समाजसेवी बाबुकाजी भण्डारी गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद,जापानको मानार्थ सदस्यमा मनोनित
माओवादी केन्द्र धादिङको संघिय क्षेत्र न २ को संयोजकमा आशिष र नीलकण्ठ नगरको ईन्चार्जमा शम्भु श्रेष्ठ चयन
धादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदै
पूर्व प्रहरी संगठन धादिङको ३५ औं स्थापना दिवस तथा तीज विशेष कार्यक्रम सम्पन्न
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल बार एशोसिएसनका पदाधिकारीहरुले छलफल गर्नुभएको छ । आज बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एशोसिएसनका पदाधिकारी, पूर्वपदाधिकारी र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारी उपस्थित हुनुहुन्थ्यो।
भेटमा प्रधानमन्त्री दाहालले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । छलफलमा बारका पदाधिकारीले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषद्को बैठक राखी प्रधानन्यायाधीश नियुक्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।
संसदीय सुनुवाइ समिति गठन गर्ने विषयमा पनि बारका पदाधिकारीले प्रधानमन्त्रीसँग छलफल गरेका बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । जवाफमा प्रधानमन्त्रीले संवैधानिक परिषद्का पदाधिकारीसँग परामर्श गरी तत्काल बैठक बोलाएर आवश्यक निर्णयमा पुग्न आफ्नो तर्फबाट पहल सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |