प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुक विकास नहुनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको बताउनुभएको छ । ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पार्टी प्रवेश कार्यक्रममा उहाँले राजनीतिक अस्थिरता हटाउन बलियो राजनीतिक दल आवश्यक रहेको भनाइ व्यक्त गर्नुभयो ।
उहाँले मुलुकमा आर्थिक सङ्कट उत्पन्न भएकाले सरकारले यसलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो । महासचिव पोखरेलले एमालेलाई संविधान मान्दैन भनेर व्याख्या गर्ने कोसिस भइरहेको भनाइ राख्नुभयो । “एमाले संविधान मानेन भनेर व्याख्या गरिरहेका छन् । यो भन्दा मजाकको कुरा के हुनसक्छ”, उहाँले भन्नुभयो, “संविधान बदल्न नमिल्ने चिज पनि होइन ।”
उहाँले एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न राजनीतिक ध्रुवीकरण अपरिहार्य रहेको धारणा राख्नुभयो । “साना राजनीतिक दल अस्तित्वमा रहँदा जनमत विभाजन हुने र मुलुकमा राजनीतिक अस्थिरता सिर्जना हुनेगर्दछ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा सुदर्शन मिश्र, शालिग्राम मिश्र, राजेन्द्र थापा, ऋषिराज भेटवाल, माधव बन्जारा, कृष्ण महर्जनसहित ३९ जना एमालेमा प्रवेश गर्नुभएको थियो । उहाँहरु सबैलाई महासचिव पोखरेलले टीका लगाइ एमालेमा प्रवेश गराउनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |