सरकारले पछिल्लो चार वर्पमा ५० हजार विपन्न परिवारको घरमा टिनको छाना लगाएको छ । सरकारले आर्थिक वर्ष २०७६/७७ मा सुरक्षित नागरिक आवास कार्यक्रम घोषणा गर्दै नागरिकका घरमा खरको छानो बिस्थापित गरेर टिनको छाना लगाउने बताएको थियो ।
सहरी विकास मन्त्रालयले सात सय ५३ स्थानीय तहसँगको समन्वयमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रम लागु भएको चार वर्षमा ५० हजार परिवारको छानो फेरिएको मन्त्रालयका सुचना अधिकारी राजेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
मन्त्रालयले पहिले दुई किस्ता गरेर प्रतिपरिवार ५० हजार रुपैयाँ वितरण गर्ने गरेकोमा चालु आर्थिक वर्षबाट रकम बढाएर ७५ हजार रुपैयाँ कायम गरेको छ । अहिलेसम्म लाभग्राहीमा छनोट नभएका विपन्न परिवारले आफ्नो स्थानीय तहमा सम्पर्क गर्न सक्ने उहाँले बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |