राष्ट्रिय किताबखाना (निजामती) ले सरकारका उपसचिव र शाखा अधिकृत सरहका कर्मचारीलाई एक महिनाभित्र आफ्नो वैयक्तिक विवरण अद्यावधिक गर्न सूचना जारी गरेको छ । कर्मचारीको सरुवा, बढुवा, पुरस्कार र पदस्थापन विज्ञताका आधारमा मात्र गर्ने सरकारको तयारीपछि किताबखानाले उक्त सूचना जारी गरेको हो ।
किताबखानाका सूचना अधिकारी प्रकाशजङ्ग शाहीका अनुसार कर्मचारीको वैयक्तिक विवरण नभएका कारण पूर्णरुपमा विवरण अद्यावधिक गर्न कठिनाइ भएकाले सङ्घ, प्रदेश तथा स्थानीय तहमा समायोजन भई कार्यरत सबै सेवा, समूह र श्रेणीका कर्मचारीले एक महिनाभित्र अद्यावधिक गर्नुपर्ने छ ।
किताबखानाको वेबसाइटमा रहेको इमेलमार्फत वा स्वयं कागजातसहित कार्यालयमा गई विवरण अद्यावधिक गर्न सकिने किताबखानाले जनाएको छ । किताबखानाले सबै सेवा, समूह र श्रेणीका कर्मचारीको अभिलेख राख्ने एवं अद्यावधिक गर्नुपर्ने कानुनी व्यवस्था भएबमोजिम कर्मचारीको वैयक्तिक विवरण निरन्तर अद्यावधिक गर्दै आएको छ । किताबखानाले यसअघि सचिव र सहसचिव सरहका कर्मचारीको विवरण अद्यावधिक गर्न सूचना जारी गरेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |